Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सरकारले गरेको कोरोना संक्रमितले आफ्नो उपचार आफै गर्नु पर्ने निर्णय अविलम्ब फिर्ता गर्न माधव नेपालको माग

सरकारले गरेको कोरोना संक्रमितले आफ्नो उपचार आफै गर्नु पर्ने निर्णय अविलम्ब फिर्ता गर्न माधव नेपालको माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७७ मंगलवार • १६:२९:३३ बजे
  • 1.6K
    SHARES
  • सरकारले गरेको कोरोना संक्रमितले आफ्नो उपचार आफै गर्नु पर्ने निर्णय अविलम्ब फिर्ता गर्न माधव नेपालको  माग

    सरकारले हालै कोरोना संक्रमित नागरिकले आफ्नो उपचार आफै गर्नु भनी जारी गरेको निर्देशनप्रति नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गंभीर आपत्ति जनाएका छन् ।
    नेता नेपालले आज एक विज्ञप्ति जारी गरी सरकारको उक्त निर्णयका कारण सरकारी अस्पतालले नागरिकको निशुल्क उपचार बन्द गरेर मारमा परेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।
    संकटका बेला सबै नागरिकको अभिभावकको भूमिका निर्वाह गर्नु पर्ने बेलामा सरकारको यो निर्णय अनुचित भएको नेपालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
    सबै नागरिकलाई समान उपचार गराउनु पर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने भन्दै गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका नागरिकप्रति संवेदनशील नभई जनतामा आतंक सृजना हुने गरी भएको निर्णय विभेदकारी, गैरजिम्मेवार र अनुत्तरदायी भएको टिप्पणी नेता नेपालले गरेका छन् । हेर्नुस् विज्ञप्तिः

    images

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology