Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको कर्णाली प्रदेशका नेताहरुसँग शनिबार राखेका तीन विषयले नेकपामा फेरि विवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको कर्णाली प्रदेशका नेताहरुसँग शनिबार राखेका तीन विषयले नेकपामा फेरि विवाद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०७७ बुधवार • ०९:४३:४१ बजे
  • 2.0K
    SHARES
  • प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको कर्णाली प्रदेशका नेताहरुसँग शनिबार राखेका तीन विषयले नेकपामा फेरि विवाद

    प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको कर्णाली प्रदेशका नेताहरुसँग शनिबार राखेका तीन विषयले नेकपाको पार्टी एकता नै संकट उन्मुख देखिएको छ । कर्णाली प्रदेशका एक नेताका अनुसार प्रधानमन्त्री ओलीले संघीयता, कर्णालीको पार्टीभित्रको विवाद र राजनीतिक सिद्धान्तका विषयमा तीन कुरा राखेका थिए ।

    images

    संघीयताका विषयमा प्रधानमन्त्री ओलीले प्रदेश सरकार संघको निर्णय कार्यान्वयन गर्ने इकाइको रुपमा व्याख्या गरेका थिए । त्यो भन्दा पनि महत्वपूर्ण कुरा उनले आफू ‘७ वटै प्रदेशको संसदीय दलको नेता’ भएको र आफूले भनेकै कुरा लागू हुनुपर्ने बताएका ती नेताको भनाइ छ । प्रधानमन्त्रीले संघीय संरचनालाई कुनै पनि अधिकार नहुने संकेत गरेका छन् ।

    ती नेताका अनुसार कर्णालीका पदाधिकारीसँग ओलीले भने, ‘प्रदेश सरकार भनेको संघका निर्णय कार्यान्वयन गर्ने एउटा इकाइ हो । पार्टी पनि त्यहीँ हो । म संघीय संसदीय दलको नेता हुँ । त्यसैले म सातवटै प्रदेशको पनि संसदीय दलको नेता पनि हुँ । आफू खुसी निर्णय गर्ने कुरा राम्रो भएन । प्रदेशमा केही गर्दा मलाई सोध्नुपर्छ ।’

    प्रधानमन्त्री ओलीले छलफलमा सहभागी एउटा पक्षको पक्षपोषण र अर्को पक्षलाई गाली गरेका आरोप लागेको छ । बैठकमा ओलीले आफू निकट यामलाल कंडेलले भनेको राम्रो र अर्को पक्षका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भनेको कुरा नराम्रो जसरी प्रस्तुत गरेका थिए । त्यसले छलफलमा सहभागी प्रचण्ड-नेपाल पक्षधरले आफ्नो नेता तथा अभिभावक भएको गरेको महसुस गरेनन् ।

    प्रधानमन्त्री ओलीले तेस्रो कुरा पार्टी एकताको भावना विपरित बोलेको ती नेताको भनाइ छ । प्रधानमन्त्री ओलीले जबजको सिद्धान्त अनुसार पार्टी अगाडि बढ्नुपर्छ भनेर निर्देशन दिएका थिए । जबकि पार्टी एकतामा पूर्वएमालेले ‘जबज’ र पूर्वमाओवादीले ‘२१औँ शताब्दीको जनवाद’ छाडेर पार्टीको अन्तरिम सिद्धान्त ‘जनताको जनबाद’लाई विधानमा लिपिवद्ध गरिएको छ ।

    प्रधानमन्त्री ओलीले पार्टी एकताको भावना विपरितका कुरा कर्णालीका नेताहरुसँग राखेपछि आइतबार पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटार पुगेर आपत्ति जनाएका स्रोतको भनाइ छ । प्रचण्डले पार्टी एकताको भावना विपरित संघीयता, राजनीतिक सिद्धान्त र पक्षपातपूर्ण व्यवहारको कडा आलोचना गरेका थिए । प्रधानमन्त्री ओलीले पनि आफ्नो कुराको बचाउ गरेका थिए ।

    मंगलबारको भेटवार्तामा ओली र प्रचण्डले स्थानीयस्तरको समस्या स्थानीय पार्टी कमिटीलाई मिलाउने जिम्मेवारी दिनुपर्ने विषयमा छलफल गरेका थिए । तर, बेलुकी दुबै पक्षले एकअर्काको खण्डन हुनेगरी प्रेस नोट जारी गरेका छन् । नेकपाका एक सचिवालय सदस्य भन्छन्, ‘अब पार्टी नै संकटमा पर्न थाल्यो । जनताको भावना वितपरित सरकारले काम गरिरहेको छ । पार्टी भित्र छलफलको वातावरण पनि छैन ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology