Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुखुरा करणी गर्ने युवकलाई ३ बर्ष जेल

कुखुरा करणी गर्ने युवकलाई ३ बर्ष जेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०७७ बुधवार • ०९:५१:२२ बजे
  • 1.8K
    SHARES
  • कुखुरा करणी गर्ने युवकलाई ३ बर्ष जेल

    एजेन्सी । मानिस आफैमा पूर्ण प्राणी हैन । उसमा कुनै न कुनै खोट अवश्य हुन्छ । भनिन्छ नि, ‘शत प्रतिशत उत्तम र गुणवान मानिस भगवान कहलिन्छ ।’ त्यसैले मानिसमा थुप्रै खाले विकार र विकृतिहरु अवश्य हुन्छन ।

    images

    तर कुनै कुनै विकृतिहरु त सुन्नै नसकिने वा अत्यन्तै घृणित पनि हुन्छन । यस्तै एउटा घटना ब्रिटेनको ब्रेडफोर्ड शहरमा भएको छ । त्यहाँका एक युवकले कुखुरासंग यौन सम्पर्क गरेका छन । यसको भिडियो उनकै श्रीमतीले खिचेकी छिन ।

    अदालतले यो घटनालाई गैह्रकानूनी मान्दै ती युवकलाई ३ बर्षको जेल सजाय सुनाएको छ । ब्रेडफोर्डका ३७ बर्षीय युवक रेहान बेगले यस्तो कुकृत्य गरेका हुन । उनलाई ब्रेडफोर्ड क्राउन कोर्टले कुखुरा करणी गरेको अभियोगमा ३ बर्षको जेल सजाय तोकेको हो ।

    डेलीमेलले जनाए अनुसार करणीपछि कुखुराको मृत्यु भएको छ । बेगकी श्रीमतीले आफ्ना श्रीमानको अचम्म लाग्दा कृयाकलापहरुमा सहयोग गर्दै आएको पनि खुलेको छ । यद्यपी अदालतले उनलाई कुनै सजायँ तोकेको छैन ।

    अदालतले बेगको कामलाई अत्यन्तै घृणित र विकृत कर्म भनेर परिभाषित गरेको छ । बेगले बालबालिकाहरुको यौन शोषणका तस्विरहरु राखेको कुरा थाहा पाएपछि ब्रिटेनको नेशनल क्राइम एजेन्सीले अनुशन्धान गर्दा यो घटनाको उजागर भएको हो ।

    अनुशन्धानकर्ताहरुले बेगको कम्प्युटरमा बालबालिकाहरुमाथी यौन शोषण गरिएका तस्विरहरु भेटेका थिए । अनुशन्धानकर्ताहरुल अदालतमा दिएको बयान अनुसार बेगले थुप्रै कुखुराहरुसंग यौन सम्पर्क गरेको भिडियो फेला परेको थियो ।

  • सम्बन्धित विषय:

  • # रोचक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology