तस्वीर : बादल शाही -
अमित विश्वकर्मा / म्याग्दी - गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले देशको अर्थतन्त्रलाइ चलायमान बनाउन आबश्यक रहेको बताउनु भएको छ । मंगलवार बेनीमा प्रेस संगठन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कोरोना भाइरस संक्रमणको कारण मुलुक आर्थिक चपेटामा परेको भन्दै सामाजिक दुरी कायम गर्दै आर्थिक गतिबिधिलाइ अगाडी बढाउनु पर्ने बताउनु भयो । कोभिडको कारण गत आबमा अनुमान गरेको ६० प्रतिशत राजस्व पनि संकलन नभएकोले अर्थतन्त्रमा डरलाग्दो समस्या निम्तिएको उहाँको भनाइ थियो ।
म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेत, मंगला, मालिका र धवलागिरि गाउँपालिका क्षेत्रमा गएको पहिरो र त्यसले पुराएको क्षतिको स्थलगत अवलोकनपश्चात बेनीमा पत्रकारसंग कुराकानी गर्दै उहाँले उच्च जोखिममा रहेका बस्ती स्थानान्तरण र घरवार विहिन भएकाको आवास पुननिर्माणमा प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताउँदै आबश्यकता हेरेर तत्कालीन वा दिर्घकालिन योजनका साथ बिशेष इकाइ नै बनाएर निर्माणमा जुट्ने मन्त्री गुरुङले बताउनु भयो । साथै जिल्लाको पात्लेखेत, धारापानी लगाएतका जमित भासिएका बस्तीहरुमा भूगर्भबिदनै ल्याएर अध्ययन गर्न आबश्यक रेहेको पनि मन्त्री गुरुङको भनाइ थियो ।
यस बर्षको बर्षातको समयमा म्याग्दीमा समेत ठुलो जनधनको क्षति भएकाले प्रदेश सरकारको कात्तिक २ गते बषेको मन्त्री परिषदको बैठकले म्याग्दीलाइ विपद्ग्रस्त क्षेत्रमा समावेश गर्न प्रदेश सरकारले संघिय सरकारलाई सिफारिस गरेको उहाँले बताउनुभएको छ ।