उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले चालु आर्थिक वर्ष (२०७७/०७८ का लागि चाडपर्व खर्च बापतको रकम कोरोना उपचार कोषलाई प्रदान गरिएको बताइएको छ । उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले बुधवार साँझ एक प्रेस नोट जारी गर्दै सो जानकारी गराएका हुन् ।
प्रेस नोटमा भनिएको छ, ‘सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन ‘पासाङ’ ज्यूले चालु आर्थिक वर्ष (२०७७/७८) का लागि प्राप्तचाडपर्व खर्च बापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई प्रदान गर्नुभएको व्यहोरा सार्वजनिक जानकारीका लागि यो प्रेस नोट जारी गरिएको छ ।’
उनले उपराष्ट्रपति पुनले सो कोषमा यसअघि पनि एक महिनाको पारिश्रमिक रकम जम्मा गरिसकेको पनि बताएका छन् ।