Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

मुक्तक 

मुक्तक 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०७७ बुधवार • १९:२५:२८ बजे
  • 3.2K
    SHARES
  • मुक्तक 
    सीता खडका
    पर्दैन करोड पर्दैन लाख हुने थियो , हजार भैदिए ।
    संसारकै धनी मै हुन्थें होला आसु विक्ने बजार भैदिए ।
    गरीवका आसु अर्कैले बेच्छ मसला हालेर ।
    आसुको व्यापार सुकेर जान्थ्यो झुपडीको सरकार भैदिए ।। 

    परेवा र ढुकुरका जोडी देख्दा पनि ।
    छात्ती पोल्छ पिरतिको शब्द लेख्दा पनि ।
    खै यो के को अभाव या प्रभाव हो लौ न ?
    देख्छु पहाडले तिम्रो गाउँ छेक्दा पनि ।।

    जिन्दगी घाम हो कि छायाँ हो भनिदेऊ न कोही ।
    जिन्दगी घृणा हो कि मायाँ हो भनिदेऊ न कोही ।
    यात्राको  दोबाटोमा आएर अल्मलिएँ म त ।
    मायाँको घर दायाँ हो कि वायाँ हो भनिदेऊ न कोही ?

    आज पनी उही छ पिडा उही कहानी।
    आसु नै आसुले भिजेको छ सिरानी।
    पथर रैछ त्यो मन कहीले नपग्लीने,, 
    याद मै बिते कयौं  रात कयौं  विहानी!!

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology