Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमितको नि:शुल्क उपचार पोखरामा नहुने,प्रदेश सरकारको निर्णय अटेर

कोरोना संक्रमितको नि:शुल्क उपचार पोखरामा नहुने,प्रदेश सरकारको निर्णय अटेर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ६, २०७७ बिहिवार • १४:४७:१९ बजे
  • 1.5K
    SHARES
  • कोरोना संक्रमितको नि:शुल्क उपचार  पोखरामा नहुने,प्रदेश सरकारको निर्णय अटेर
    प्रदेशको कोरोना विशेष अस्पतालका रूपमा सरकारले वर्गीकरण गरेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले लक्षित वर्गबाहेक अरूको सम्पूर्ण उपचारको शुल्क लाग्ने जनाएको छ।

    गण्डकी प्रदेश सरकारले कोरोनाभाइरसका संक्रमितको उपचार नि:शुल्क गर्ने बताए पनि पोखरामा भने शुल्क लाग्ने भएको छ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार उक्त अस्पतालमा उपचार गर्न पुगेका बिरामीको उपचारको सम्पूर्ण खर्च स्वयं बिरामीले तिर्नुपर्ने अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्य आचार्यले बताए।

    बिरामीले खाना, खाजालगायत सम्पूर्ण व्यवस्था बिरामी स्वयंले गर्नुपर्ने भन्दै निर्देशक आचार्यले जारी गरेको सुचनामा भनिएको छ,

    ‘‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भइ उपचाररत व्यक्तिहरु (नेपाल सरकारले तोकेको लक्षित वर्गबाहेक) ले मिति २०७७ कात्तिक ४ गतेदेखि लागु हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले व्यवहोर्नुपर्ने जानकारी गराइन्छ,’’ अस्पतालद्वारा जारी सूचनामा भनिएको छ, ‘‘साथै बिरामीहरुको खाजा/खाना स्वयं व्यवस्थापन गर्न असमर्थ भएमा अस्पताल क्यान्टिनबाट नगद धरौटी राखी उपलब्ध हुने व्यवहोरासमेत जानकारीका लागि अनुरोध गरिन्छ ।’’

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology