Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

"रअ" प्रमुख नभेटेको प्रमुख दलका नेताहरुको आ आफ्नै स्पष्टी कसले के भने ?

"रअ" प्रमुख नभेटेको प्रमुख दलका नेताहरुको आ आफ्नै स्पष्टी कसले के भने ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ६, २०७७ बिहिवार • १५:०१:१५ बजे
  • 3.0K
    SHARES
  • "रअ" प्रमुख नभेटेको प्रमुख दलका नेताहरुको आ आफ्नै स्पष्टी कसले के भने ?
    आश तमु पोखरा -  रअ का प्रमुखले प्रधानमन्त्री ओली लगाएत नेपालका शीर्षदलका नेताहरु सँग भेटघाटको तालिका नै बनाएर आएको र भेटघाट गरेको भन्दै समाचारहरु प्रकाशित भएपछी नेताहरुले गोयल सँग भेटघाट नभएको स्पष्टीकरण दिएका छन ।

    स्पष्टीकरण दिनेमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , नेकपा नेता माधव कुमार नेपाल र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्रेसका सभापति देउवा रहेका छन ।

    एता प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भने भेट भएको पुष्टि भएको छ ।

    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहका सूर्य थापाले विज्ञप्ति नै निकालेर प्रधानमन्त्री ओली र रअका प्रमुख गोयलबीच भेट भएको जानकारी गराएका हुन । उनीहरुबीच बुधबार राति नै प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो ।

    भेटका क्रममा रअका प्रमुख गोयलले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याको वार्तामार्फत समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नुभएको थियो । भेटका क्रममा अरु के–के विषयमा छलफल भयो भन्नेबारे भने खुलाइएको छैन । 

    सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को सचिवालयले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रचण्डको भेट नभएको बताएको छ।

    प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा 'जुगल' ले आज बिहान एक विज्ञप्ति जारी गर्दै ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा केही अनलाइनहरूले प्रकाशित गरेको समाचारप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 


    विज्ञप्तीमा भनिएको छ, 'सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपिल गर्दछु।'

    यसै गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयललाई नभेटेको सचिवालयले स्पष्ट पारेका छन् ।गोयलले देउवालाई भेटेको समाचार आएपछि उनको सचिवालयले उक्त समाचारमा सत्यता नभएको भन्दै स्पष्टीकरण दिएको हो ।

    पूर्वप्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पनि आफूले भारतीय गुप्तचर संस्था (रअ) का प्रमुखसँग भेट नभएको बताउनुभएको छ । 

    बिहीबार दिउँसो सामाजिक सञ्जाल ट्विटर नेता नेपालले यसबारेमा प्रष्ट पर्दै कतिपय सञ्चारमाध्यममा माधवकुमार नेपाल र रअ का प्रमुखबीच भेट भएको भनी आएका खबरमा सत्यता नभएको उहाँले बताउनुभएको हो । 

    उहाँले ट्विटरमा लेख्नुभएको छ, ‘म र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चारमाध्यममा झुट, कपोकल्पित र भ्रामक समाचारहरु प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरुको भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।’  


    रअका प्रमुख समान्तकुमार गोयल बुधबार बेलुकी विशेष जहाजमार्फत काठमाण्डौ आएका थिए । उनी नेपाल अौनुको प्रयोजन र कुन–कुन नेतासँग भेट गर्ने भन्नेबारेमा केही बताइएको थिएन । उनी बिहीबार बिहान भारत फर्कि सकेका छन ।

    आउँदो कात्तिक १८ गते भारतीय सेनाध्यक्ष एमएम नरभाने नेपाल आउनुअघि रअ प्रमुखको आगमनलाई महत्त्वका साथ हेरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # "रअ" प्रमुख
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology