Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

दसैंका बेला कहीँं पनि बत्ती ननिभाेस् : ऊर्जामन्त्री पुन

दसैंका बेला कहीँं पनि बत्ती ननिभाेस् : ऊर्जामन्त्री पुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ६, २०७७ बिहिवार • २०:५७:१८ बजे
  • 2.3K
    SHARES
  • दसैंका बेला कहीँं पनि बत्ती ननिभाेस् : ऊर्जामन्त्री पुन

     ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बडादसैंका अवसरमा देशैभर विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

    images

    बिहीबार मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरी, त्यही निर्देशनालयका दीर्घकुमार श्रेष्ठ र भारप्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईसँग बैठक आयोजना गरी मन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् ।

    चाडपर्वका बेला अन्य समयभन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् प्रवाहमा अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिए ।

    उनले भने, ‘दसैंका बेला कहीँं पनि विद्युत् काटिने समस्या नआओस् । मलाई विश्वास छ, ग्राहकबाट विद्युत् प्राधिकरणले प्रवाह गर्ने सेवाबारे कुनै गुनासो आउने छैन ।’

    प्राधिकरणसँग माथिदेखि तलसम्म अनुभवी र दक्ष टोली रहेकाले सेवा प्रवाहमा कुनै समस्या नआउने विश्वास मन्त्री पुनले व्यक्त गरे ।

    प्राधिकरणको उत्पादन, प्रसारण वा वितरणमध्ये कुनै पनि प्रणालीमा समस्या आए तत्काल समाधान गर्न २४ सै घण्टा ‘रेस्पोन्स’ टोली तयारी अवस्थामा राख्न उनले आग्रह गरे ।

    ‘जहाँ समस्या आउँछ, त्यहाँ तत्काल समाधान गराउनूस्’, निमित्त कार्यकारी निर्देशक कोइरालालाई मन्त्री पुनले भने, ‘त्यसका लागि सञ्चालक समितिबाटै नीतिगत निर्णय गर्नुपर्ने भए मलाई खबर गर्नुस् ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology