Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एक्लिँदै ओली समूह, भत्किँदै गुट

एक्लिँदै ओली समूह, भत्किँदै गुट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७७ बिहिवार • ०२:४४:५७ बजे
  • 2.1K
    SHARES
  • एक्लिँदै ओली समूह, भत्किँदै गुट

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  को जारी स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा मागिएपछि प्रधानमन्त्री केपी शर्माओली चर्को दबाबमा परेका छन्। अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्य र अधिकांश स्थायी कमिटी सदस्यले प्रधानमन्त्रीओलीलाई राजीनामा दिन दबाब दिएका हुन्।

    images

     

    कमजोर देखिएका ओली यतिबेला आफू पक्षीय नेताहरुसँगको छलफलमा व्यस्त रहेका छन्। आगामी रणनीतिबारे छलफल गर्न ओलीलेआफ्नो पक्षका नेता तथा केही मन्त्रीसँग बुधबार बिहान परामर्श गरेका थिए। उक्त छलफलमा फराकिलो भएर सबै पक्षसँग छलफल गरीआन्तरिक समस्या समाधान गर्न र पार्टी कमिटीको निर्णय मानेर अघि बढ्न आफ्नै गुटका नेताहरुले सुझाव दिएपछि ओली थप दबाबमापरेका स्थायी कमिटीमा चर्को आलोचना खेपेका ओली आफ्नै गुटको बैठकमा समेत आलोचित हुन् थालेपछि ठूलो तनावमा छन्। कहिलेवामदेव कार्ड देखाएर, कहिले आत्मालोचित भएको नाटक गरेर पटक-पटक पद जोगाउँदै आएका ओलीलाई यसपटक भने उनी पक्षीयनेताहरुले नै राजीनामा दिन सुझाव दिएपछि दबावमा परेका हुन्। विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीका विश्वास पात्रका रुपमाचिनिएका प्रदेश न. ५ का मूख्यमन्त्री शंकर पोखरेलले ओलीलाई राजीनामा दिएर परिस्थितिलाई सहज बनाउन आग्रह गरेका गरे। ओलीगुटको बैठकमा पोखरेलले प्रधानमन्त्रीका कारण पार्टीमा ध्रुवीकरण बढेकाले पार्टीलाई एकताबद्ध बनाउन बाटो खुला गरिदिनु उपयुक्तहुने आशय सहितको धारणा राखेका पोखरेलको धारणाप्रति ओली असहमत मात्र भएनन् आक्रामक रुपमा प्रस्तुतसमेत भए।

     

    आफूले निकै विश्वास गरेको र प्रचण्ड-नेपाल पक्षसँग वार्ताका लागि जिम्मेवारी दिएको नेताले नै राजीनामा दिन उपयुक्त हुने सुझाएपछिओली रिसाएको स्रोतको भनाइ छ। ओली समूहमा वैचारिक र सम्भावना देखिएका थोरै मध्येका एक हुन् पोखरेल। उनले नै साथ् छोड्नेसंकेत गरेपछि ओली थप रक्षात्मक अवस्थामा पुग्ने देखिएको छ।ओलीलाई पार्टी र सरकारमा एकलौटी गरेको, अरुको भूमिकालाईअवमूल्यन गरेको, कमिटी प्रणालीलाई चुनौती दिएको जस्ता आरोप लागिरहेका बेला आफ्नै गुटमासमेत उनी विरुद्धको मत प्रभावशालीबन्दै गैरहेको छ। ओलीका उत्तराधिकारीका रुपमा हेरिएका ईश्वर पोखरेलले पनि पछिल्लो समय ओलीलाई दरिलो साथ् नदिएको चर्चाछ !

    मंगलबारको स्थायी कमिटी बैठकमा पोखरेको भूमिका त्यस्तै देखियो। स्थायी कमिटीमा बोल्ने १७ जनाले ओलीको राजीनामा माग्दापोखरेल चुपचाप बसेका थिए। पोखरेललाई अवसरवादी नेताको आरोप लाग्ने गरेको छ। त्यसैले उनलाई ओलीले नै विश्वास गर्नछाडेको र जतिबेला पनि कित्ता परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ। ओली-पोखरेल सम्बन्ध बिग्रेकै कारण पोखरेल नेतृत्वको कोरोनारोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति विघटन गरेको चर्चा अझै सेलाएको छैन। महासचिवसमेत रहेका ओलीका अर्का खास पात्रविष्णु पौडेल पनि पछिल्लो समय ओली कित्तामा दरोसँग उभिएका छैनन्। पार्टीभित्रको विवाद मिलाउने जिम्मा पाएका पौडेलको उठबसप्रचण्ड र नेपालसँग बाक्लिँदो छ।

    केही समय अगाडि उनी प्रचण्ड-नेपाल गुटको भेलामा सहभागी भएर त्यसको पुष्टि नै गरेका थिए। घोषित रुपमा पौडेलले ओली कित्ताछाडेको नबताए पनि उनको अध्यक्ष प्रचण्डसँग निकटता बढिरहेको छ। ‘जता मल्कु, उतै ढल्कु’ प्रवृतिका पौडेलले कुनैपनि बेला ओलीक्याम्प छाडे अनौठो मान्नु नपर्ने ओली पक्षकै नेताहरु बताउँछन्। केपी ओलीका अर्को खम्बा मानिएका सुवास नेम्वाङ्ग पनि ओली-प्रचण्ड मिलेर जानुपर्ने पक्षका हुन् । प्रधानमन्त्री ओलीका कतिपय कार्यशैलीप्रति नेम्वाङ्गसमेत असहमत रहेको बुधबारको बैठकमा पनिनेम्वाङ्गले फराकिलो सोच बनाएर सबैसँग छलफल गर्न ओलीलाई सुझाव दिएका थिए। घटनाक्रमले नेम्वाङ्गले पार्टीमा निरन्तरकमजोर बन्दै गएका ओलीलाई छाडेर जुनसुकै बेला कित्ता परिवर्तन गर्न सक्ने देखाइसकेको छ। विचार, सिद्धान्त र समग्र पार्टी पद्धतिभन्दा पनि प्राविधिक कुरालाई आधार बनाएर पार्टीमा एकलौटी गर्ने ओली प्रवृतिलाई आफ्नै गुटबाट चुनौती देखिएको छ। सिंगोपार्टीभित्रै आलोचनाको शिकार भएका ओलीलाई आफ्नै गुट मिलाउन हम्मेहम्मे परेको देखिन्छ। सबै तिरबाट अवस्था प्रतिकुल बन्दै जाँदाअब उनले प्रधानमन्त्री पदबाट राजीनामा दिने सम्भावना बढेर गएको छ।

    यद्दपी राष्ट्रपतीलाई साथमा लिएर संकटकाल लागू गरी पद केही समयका लागि भए पनि पदमा रहिरहने दुष्शाहस गर्नसक्ने वा यसअघिजस्तै नयाँ तुरुप फ्याँकेर सत्ता जोगाउने खेलमा लाग्ने राजनीतिक पन्डितहरुको आँकलन छ। यसै बिच आजै बालुवाटारमा आफूनिकटसमुहको बैठकबाट ओलीले राजनितिक संकटको घोषणा गर्दै राजीनामा दिने तयारी गरेको स्रोतले बताएको छ।

    जनदिशाबाट

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology