Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बालुवाटारमा यसरी भयो मध्यरातमा कूटनीतिक मर्यादा उल्लंघन

बालुवाटारमा यसरी भयो मध्यरातमा कूटनीतिक मर्यादा उल्लंघन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ७, २०७७ शुक्रवार • १०:०२:२३ बजे
  • 2.1K
    SHARES
  • बालुवाटारमा यसरी भयो मध्यरातमा कूटनीतिक मर्यादा उल्लंघन

    प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादाविपरित भेट गरेका छन् ।

    images

    प्रधानमन्त्री ओलीले बुधबार राति बालुवाटारमा परराष्ट्र मन्त्रालयका अधिकारी र राष्ट्रिय अनुसन्धान विभागको प्रमुखलाई नराखीकन गोयलसँग भेटघाट गरी कूटनीतिक मर्यादा उल्लङ्घन गरेका हुन् ।

    गुप्तचर प्रमुख अन्य सुरक्षा निकायभन्दा फरक प्रकृतिको अंग भएकाले त्यसका हरेक गतिविधिलाई शंकाको दृष्टिले हेर्नुपर्छ । प्रधानमन्त्री ओलीले शंका निवारणका लागि परराष्ट्र मन्त्रालयका अधिकारी र अनुसन्धान विभागका प्रमुखलाई भेटमा राख्नुपर्थ्यो । तर उनले त्यस्तो अवश्यकता ठानेनन् ।

    परराष्ट्र मन्त्रालय र सुरक्षा निकायलाई समेत जानकारी नदिइकन रअ प्रमुखलाई प्रधानमन्त्रीसँग कसले भेट गरयो भन्ने प्रश्न पनि उठेको छ । काठमाडौँस्थित भारतीय दूतावास वा अन्य निकायले भेटघाटको व्यवस्थापन गरेको हो भने पनि त्यसको जानकारी नेपालको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई हुनुपर्थ्यो । तर, त्यसो भएन ।

    विभागका अधिकारीहरुले यसबारे अनभिज्ञता प्रकट गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पनि यसबारे अनभिज्ञता प्रकट गरेकी छन् । यसबाट रअ प्रमुखलाई सीधै प्रधानमन्त्री निवास लगेर कुन निकाय वा व्यक्तिले भेट गराएको हो भन्ने प्रश्न उठेको छ । नागरिक दैनिकबाट

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology