Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओली र प्रचण्ड गुटबीच झडप

नेकपा ओली र प्रचण्ड गुटबीच झडप,गाउँपालिका सचिव मुकेश चौरसियाको निधन

नेकपा ओली र प्रचण्ड गुटबीच झडप,गाउँपालिका सचिव मुकेश चौरसियाको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ७, २०७७ शुक्रवार • १४:२४:२६ बजे
  • 2.1K
    SHARES
  • नेकपा ओली र प्रचण्ड गुटबीच झडप,गाउँपालिका सचिव मुकेश चौरसियाको निधन
    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली र प्रचण्ड गुटबीच भएका झडपमा एकजनाको ज्यान गएको छ । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर–५ परसौनी भाटामा विहीवार पार्टी समायोजनपछि भएको सपथग्रहण कार्यक्रमा दुई पक्षबीच झडप हुँदा पार्टीका सो गाउँपालिका सचिव मुकेश चौरसिया निधन भएको पर्साका एसपी गङ्गा पन्तले बताइन् ।

    झडपमा चौधरीलगायत ८ जना घाइते भएका थिए । उनीहरुको उपचार वीरगञ्जको विभिन्न अस्पतालमा चलिरहेको थियो । तीनजनाको हिजो नै डिस्चार्ज गरियो । मुकेश चौरसियाको उपचार भेन्टिलेटरमा राखेर उपचार चलिरहेको बेला आज विहान उनको निधन भएको एसपी पन्तले बताइन् ।

    वीरगञ्ज उपमहानगरपालिकाका अध्यक्ष रहवर अन्सारीले ओली गुटका केही कार्यकर्ताहरु आएर सपथ ग्रहण चलिरहेकै बेला हुलदङ्गा मचाएको आरोप लगाए । उनीहरु झगडा गर्ने मनसायले नै आएको दावी गर्दै उनले साथमा लठी तथा भाटाहरु पनि ल्याएको बताए । ‘सपथग्रहण कार्यक्रममा सहभागीका लागि दुवै पक्षलाई जानकारी थियो तर समायोजनमा के कुरामा चित्त बुझेन अनि आएर सिधै मारपिट नै गर्न थाले,’ उनको आरोप छ ।


    तर जिल्ला अध्यक्ष प्रभु हजरा भन्छन्, ‘यो कुनै गुटबीचको झडप थिएन, पार्टीभित्र असन्तुष्ट व्यक्तिहरुले यस्तो गरेका छन् । समायोजनामा पद बाँडफाँड हुँदा जसले पद पाएन उनीहरुले आफ्नो असन्तुष्टि व्यक्त गर्दा झडप भयो । दुर्भाग्यवस यस्तो घटना हुन गएको उनले बताए ।

    उनले आजै एक विज्ञप्ति जारी गरी पार्टीसँग असम्बन्धित व्यक्तिहरु कार्यक्रम विथोल्ने उद्देश्यले पार्टी कार्यकर्ता तथा कार्यक्रम आयोजक सदस्यहरुमाथि अचानक आक्रमण गरेको बताएका छन् । घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै चौरसियालाई सहिद घोषणाको माग पनि गरेको छ ।

    नेकपा जिल्ला सदस्य एवम् पूर्व सांसद राजकुमार गुप्ताले कार्यक्रममा पूर्वमाओवादी पक्षले तत्कालिन एमालेका नेताहरुलाई नबोलाएको कारण यस्तो अवस्था सृजना भएको बताए । उनले भने, ‘माओवादीवालाहरुले एमालेवालाहरुलाई नबोलाउँदा त्यस्तो घटना भएको हो ।’

    प्रहरीले हनिस मियाँ र देवा सहनीलाई पक्राउ गरेको छ । गाउँपालिकामा कार्यक्रम थियो भन्ने कुराको जानकारी प्रहरीलाई थिएन । जब झडप भयो, अनि मात्र प्रहरीहरु त्यहाँ पुगेर स्थितिलाई नियन्त्रणमा लिएको एसपी पन्तले बताइन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको र दोषीलाई कारवाही हुने उनले बताइन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology