नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुले केपी शर्मा ओलीको नेतृत्वमासरकार चल्न नसक्ने निश्कर्ष निकालेका छन् आज बुधबार बेलुका ललितपुरको झम्सीखेलस्थित एक रेष्टुरेन्टमा स्थायी कमिटीकानेताहरुको भेलाले यस्तो निश्कर्ष निकालेको हो। ४४ सदस्यीय स्थायी कमिटीमा ३० जनाको सहभागी रहेको थियो। योगेश भट्टराईलेआफू अर्को कार्यक्रममा जानु परेकाले आउन नसकेको भन्दै बैठकको निर्णयमा सहमति जनाएको स्रोतले बताएको छ ।
आजको बैठकमा सहभागी एक नेताले भने ‘भोलि बिहान अध्यक्ष प्रचण्डले स्थायी कमिटीका अरु नेताहरुसँग पनि छलफल गर्नुहुन्छ, सर्वसम्मत निर्णय हुने सकेन भने बहुमतको निर्णय सबैले मान्नुपर्छ, केपी ओलीले पनि मान्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्ने तत्परता देखाउनुको साटो उल्टै बुधबार बिहान बालुवाटारमा गुटको बैठक राखेर चुनौतीदिएपछि आफूहरु झम्सीखेल बैठक गर्न बाध्य भएको उनले बताए नेकपा संसदीय दलमा पनि प्रधानमन्त्री ओलीको बहुमत नपुग्नेनेताहरुको दाबी छ । नेकपाका १७४ सांसद छन् । उनीहरुमध्ये बहुमत प्रचण्ड र माधवकुमार नेपाल समूहसँगै भएको नेताहरुले दाबीगरेका छन्
झम्सिखेल बैठकमा सहभागी ३० नेताहरुको नामावली यस्तो छ!
पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल,बामदेव गौतम, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ,
युवराजज्ञवाली, लीलामणि पोखरेल, रघुजी पन्त, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, मात्रिकायादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, वेदुरामभुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र घनश्याम भुसाल ।