Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्ड

समृद्धिकाे आधार भनेकाे जाति, भाषा र संस्कृतिकाे संरक्षण र विकास हाेः प्रचण्ड

समृद्धिकाे आधार भनेकाे जाति, भाषा र संस्कृतिकाे संरक्षण र विकास हाेः प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ७, २०७७ शुक्रवार • १७:१६:१० बजे
  • 1.9K
    SHARES
  • समृद्धिकाे आधार भनेकाे जाति, भाषा र संस्कृतिकाे संरक्षण र विकास हाेः प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको समृद्धिका आधारहरु भनेको त्यो देशको जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास भएको बताएका छन् ।

    images

    दशैं, तिहार, छठ, नेपाल संवत् लगायतका नेपाली जनसमुदायहरुका चाडपर्वहरुको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । उनले शुभकामनामा भनेका छन्, ‘विविधतायुक्त सांस्कृतिक ऐक्यवद्धता हामी नेपालीहरुको मौलिक विशेषता हो । सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास देशको समृद्धिका आधारहरु हुन् ।’

    अध्यक्षले कोरोना भाइरसको महामारीको विषम् परिस्थितिमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गर्दै चाडपर्व मनाउन उनले अपील पनि गरेका छन् ।

    अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिको पूर्णपाठः–

    शुभकामना

    दशैं, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वहरुको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
    नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वहरुले आपसी सहिष्णुता, भातृत्व र भावनात्मक एकता पैदा गर्दछन् । यिनै चाडपर्वहरुले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पनि पु¥याउँदै आएका छन् ।
    विविधतायुक्त सांस्कृतिक ऐक्यवद्धता हामी नेपालीहरुको मौलिक विशेषता हो । सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास देशको समृद्धिका आधारहरु हुन् ।
    कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएको सबैमा विदितै छ । यस विषम परिस्थितिमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गर्दै चाडपर्व मनाउन म सबैमा अपील गर्न चाहन्छु ।
    कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामि दिनमा सामान्य बन्न सकोस् भन्ने कामना गर्दै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः एकपटक सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
    ०७ कार्तिक, २०७७
    ……………………

    पुष्पकमल दाहाल ‘प्रचण्ड’
    अध्यक्ष

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology