Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजनीति

नेकपा नेता चौरासीयाको हत्या मुद्धामा जाहेरी लिन नमानेको भन्दै धर्ना

नेकपा नेता चौरासीयाको हत्या मुद्धामा जाहेरी लिन नमानेको भन्दै धर्ना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ८, २०७७ शनिवार • ०८:५१:२१ बजे
  • 1.6K
    SHARES
  • नेकपा नेता चौरासीयाको हत्या मुद्धामा जाहेरी लिन नमानेको भन्दै धर्ना
    पर्साको विन्दवासीनी गाउँपालिकामा बिहीबार नेकपाको दुई गुटबीच भएको झडपमा घाइते भएका नेकपाका गाउँ कमिटी सचिव मुकेश चौरसियाको शुक्रबार बिहान मृत्यु भए पछि अहिले मुद्धा दर्ताको बिषयले उग्र रुप लिदै गएको छ ।
    वीरगंजको पानीटयाङकी स्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान करिब ९ बजे मृत्यु भएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिइन् । ज्यान गुमाएका मुकेश चौरसियाका आफन्त तथा नेकपाका एक समूहले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । नव गठित कमिटीका पदाधिकारीहरुकोे बिहीबार शपथ ग्रहण कार्यक्रममा पार्टीकै असन्तुष्ट पक्षले विवाद गर्न खोजेपछि झडप भएको थियो । दुई गुटमा भएको हिंसक झडपमा परी ८ जना घाइते भएका थिए ।
    झडपमा नेकपाका कार्यकर्ताहरु चिन्टु तिवारी, उत्तम तिवारी सहित चार जना घाइते भएका छन् । घटनामा संलग्न मुख्य योजनाकार संविधान सभा सदस्य एवं नेकपा नेता राजकुमार गुप्ता सहित १२ जना विरुद्ध किटानी जाहेरी समेत दिँदा पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जाहेरी दर्ता गर्न नमानेपछि मृतकका आफन्त र पार्टीका नेता कार्यकर्ताहरूले जिल्ला प्रहरी कार्यालय घेराउ गरी प्रदर्शन गरेका छन् । मुद्दा दर्ता नभएसम्म मृतक चौरसियाको शव नबुझ्ने चेतावनी समेत पीडित परिवारले दिएको छ । गुप्ताकै वीरगंज स्थित घरमा योजना बनाए अनुसार नै शपथ ग्रहण कार्यक्रममा अनावश्यक विवाद गरेर लाठी भाडाले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएकोमा उपचारको क्रममा मुकेशले ज्यान गुमाउनु परेको आरोप लगाउँदै उनका भाइ जयराम चौरसियाले गुप्ता सहित १२ जनामाथि ज्यान मार्ने मुद्दा दर्ता गर्नुपर्ने माग गरे । उनले भने, कुटपिट गर्ने व्यक्ति गुप्ताकै घरबाट बिहीबार बेलुका प्रहरीले छापामारी गरी नियन्त्रणमा लिए पनि यो घटनाको मुख्य योजनाकार गुप्ता नै रहेको छन् ।
    त्यसैले गुप्ता सहित माथि नै ज्यान मार्ने मुद्दा दर्ता गरेर उनीहरूलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने उनको माग छ । मृतक चौरसियालाई पार्टीका कार्यकर्ता उत्तम तिवारी लगायतका व्यक्तिहरुले भाठा हानेको स्थानियहरुले बताएका छन् । उत्तम तिवारी यस अघि पनि अपहरण, तस्करीमा संलग्न भएको आरोपमा बारम्बार पक्राउ परे पनि राजनीतिक संरक्षणकै कारण हालसम्म उनीमाथि कुनै किसिमको कारवाही हुन नसकेको बताईन्छ । झडपमा संलग्न रहेको आरोपमा प्रहरीले बिहीबार बेलुकी पूर्वसांसद एंव नेकपाका नेता राजकुमार गुप्तासहित ७ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको थियो । तर तीमध्ये गुप्तासहित ४ जनालाई भने प्रहरीले बिहीबार राति नै
    छाडिदिएको थियो । अन्य ३ जना हनिफ मिया , देवा सहनी र शोक्दीन गद्धीलाई भने प्रहरी हिरासतमै राखिएको छ । पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले घटनामा संलग्न आशंकामा ३ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताइन् । तर पर्साका प्रहरी उपरीक्षक पन्तले गुप्ता लगायत केही व्यक्तिलाई जोगाउन खोजेपछि आक्रोशित पीडित परिवार प्रहरी कार्यालयको गेट अगाडी धर्ना दिँदै प्रदर्शनमा उत्रेका हुन् । पीडित परिवार प्रति समर्थन जनाउँदै नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व उद्योग मन्त्री मातृका प्रसाद यादवले पीडित परिवारले दिएको जाहेरी प्रहरीले दर्ता गर्नुपर्ने माग गरे । एसपी साहेबलाई मुद्दा दर्ता गर्न अनुरोध गरेको छु तर एसपी साहेबले नमानेको गुनासो गरे ।
    उनले भने, मैले एसपी साहेबलाई भने, पीडित पक्षले दिएको जाहेरी तत्काल दर्ता गरी, शवलाई परीक्षण गरेर आफन्तको जिम्मा लगाउँनुस अनि निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारवाहीको दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिलाउँनुस भन्दा पनि एसपी साहेबले मानेन् । एसपी साहेबले स्वम घटनामा संलग्न व्यक्तिलाई उन्मुक्ति दिलाउन खोजेको आरोप समेत उनले लगाए । चौरसिया परिवार न्याय नपाएसम्म वीरगन्ज नछाड्ने आश्वासन दिदैं शान्तिपूर्ण रूपमा आन्दोलन गर्न आह्वान समेत गरे । नेकपा पर्सा जिल्ला कमिटीले पनि चौरसियाको मृत्यु भएको घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ ।
    शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा बिन्दवासिनी गाउँपालिका कमिटी सचिव तथा जिल्ला सदस्य समेत रहेका मुकेश चौरसियाको हत्यामा सँलग्न रहेकाहरुलाई कारवाही गर्न माग गरेको हो । नेकपा पर्सा जिल्ला ईञ्चार्ज रामचन्द्र साह, अध्यक्ष प्रभु हजरा र सचिव बिजय महतोद्वारा हस्ताक्षरित बिज्ञप्तिमार्फत चौरसियालाई शहीद घोषणा गर्न, झडपमा परी घाइते भएकाहरुको निशुल्क उपचार र क्षतिपूर्ति दिन माग गरिएको छ । यो झडपले पूर्व एमाले र माओवादी समुहबीचको विभाजन स्पष्ट देखिएको भन्दै कार्यकर्ताहरु चिन्तित बनेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology