Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गृहमन्त्री रामबहादुर थापाले समेत प्रधानमन्त्री ओलीको साथ छाडे

गृहमन्त्री रामबहादुर थापाले समेत प्रधानमन्त्री ओलीको साथ छाडे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७७ बिहिवार • ०८:२४:१५ बजे
  • 1.2K
    SHARES
  • गृहमन्त्री  रामबहादुर थापाले समेत प्रधानमन्त्री ओलीको साथ छाडे

    सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्र थप संकटमा परेका छन्।

    images

    यसअघि उनलाई साथ दिँदै आएका गृहमन्त्री रामबहादुर थापाले समेत उनको साथ छोडेपछि प्रधानमन्त्री ओली अझै अप्ठेरोमा परेका हुन्।

    बुधबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु ललितपुरको एक होटेलमा छलफलमा बसेका थिए।

    सो बैठकमा गृहमन्त्री थापा उपस्थित भएर ओलीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएको एक नेताले जानकारी दिए।

    ‘पार्टी बिधि र पद्धतिमा चलाउनुपर्ने भएपनि प्रधानमन्त्रीबाट त्यो भएन, सरकारलाई समाजवादउन्मुख ढंगबाट अगाडी बढाउनुपर्ने त्यो बाटोमा गएको देखिएन,’ भेलामा थापाले राखेकाे भनाई उद्धृत गर्दै एक नेताले भने, ‘समाजवादको बाटोमा जान सकेका छैनौं, क्रान्तिबाट ल्याएको सफलता प्रतिक्रान्तिको बाटोतिर जाने खतरा बढेको छ, त्यो प्रधानमन्त्रीकै कारण भएको हो, अब यसरी हुँदैन।’

    यसअघि प्रायः सचिवालय बैठकमा मौन रहे पनि निर्णायक बैठकहरुमा प्रधानमन्त्री ओलीलाई खुलस्त रुपमा साथ दिँदै आएका थापाको प्रचण्ड–नेपाल खेमामा सहभागितालाई अर्थपूर्णरुपमा लिइएको छ।

    सहभागी एक नेताका अनुसार, सो भेलामा थापाले प्रष्टरुपमा अहिलेको समस्याको जड प्रधानमन्त्री नै भएको समेत बताएका थिए।

    ती नेताका अनुसार भेलामा ३० नेता उपस्थित थिए।

    सबैले पार्टीलाई फुट्न दिन नहुने भन्दै प्रधानमन्त्रीमा स्वेच्छाचारिता बढेको र त्यसलाई ‘करेक्सन’ गर्नको लागि पनि सबैतिर एक भएर जानुपर्ने निष्कर्ष निकालेको ती नेताले बताए ।

    उनका अनुसार छलफलमा धेरै नेताहरुको भनाईको सार ‘पार्टी फुट्न दिनुहुन्न तर प्रधानमन्त्रीमा बढेको दम्भ, अहंकार र स्वेच्छाचारितालाई भने नियन्त्रण गर्नैपर्छ’ भन्नेमै थियो।

    भेलाले सबै नेताहरुलाई उचित भूमिका दिएर मात्र अहिलेको समस्याको सहि समाधान हुने ठहर पनि गरेको छ। त्यसैगरि अधिकांश नेताहरुले ‘एक नेता एक जिम्मेवारी’को नीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। पार्टीलाई बिधि प्रक्रिया र मापदण्डका आधारमा सञ्चालन गर्नेगरी अहिलेको स्थायी समितिबाट एउटा निर्णय गर्नुपर्ने आवाज पनि सो भेलामा उठेको छ।

    बैठकमा सहभागी अर्का नेताका अनुसार प्रधानमन्त्री ओलीलाई यसअघि भएका सहमति कार्यान्वयन गर्न दबाब दिने कुरामा सबैकाे सहमति थियाे। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको स्थायी समिति बैठकमा ५ जनाले बोलेपछि स्थगित भएको थियो। त्यसलगत्तै नेताहरु आआफ्ना समुहका छलफलमा जुटेका हुन्।

    भेलामा केही नेताले ‘पार्टी एकतालाई बचाउँदै ओलीलाई नियन्त्रण गर्नुपर्नेमा’ जाेड दिएका थिए।

    शक्ति वाँडफाँट गरेर अघि बढ्ने प्रस्ताव लैजाने र त्यो प्रस्तावप्रति प्रधानमन्त्री असहमत भए स्थायी समिति बैठकमा बहुमतका आधारमा निर्णय गरेर अघि बढ्न नेताहरु सहमत भएका छन्। एकता बचाउने मुख्य कुुरालाई ध्यान दिएर शक्ति वाँडफाँटको निर्णय गरेर जानुपर्छ र त्यो निर्णय स्थायी समितिको बैठकबाटै निर्णय गर्ने सहमती जस्तै बनेको छ,’ सहभागी नेताले भने।

    भेलामा सहभागी भएका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले प्रधानमन्त्रीले नै वातावरण बिगारेको भन्दै आफूले विहानै भेटेर मिलेर जान सुझाव दिएको जानकारी गराएका थिए। भेलामा सहभागीहरुले आफ्ना कोणबाट कुरा राखे, पार्टी एकतालाई बचाउनुपर्यो, बिधि प्रक्रियामा चलाउनुपर्याे र पार्टीलाई अनिर्णय, अकर्मन्यताको बन्दी बनाउनुभएन,’ बैठकमा सहभागी नेताहरुको धारणा उद्धृत गर्दै अर्का एक नेताले भने, ‘समस्या सबैतिर छन्, मुख्य समस्या प्रधानमन्त्री ओलीबाट सुरु भएको हो।’

    भेलामा सहभागी नेता भीम रावलले बुधबार बिहान अध्यक्ष तथा प्रधानमन्त्री ओलीले केहि नेता तथा मन्त्रीहरुसँग परामर्श गरेकोले अर्का अध्यक्ष प्रचण्डले ती नेता, मन्त्री र अन्य नेतासमेत राखेर छलफल गरेको बताए।

    ‘अर्का अध्यक्षले उहाँहरुसहित सबैसँग के हो त भनेर छलफल गर्नुभएको हो। भोली अरुसँग पनि कुराकानी गर्नुहुन्छ,’ रावलले सञ्चारकर्मीहरुसँग भने।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology