Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजाले कुकुरलाई बायु सेनाको प्रमुखमा नियुक्त गरे पछि....

राजाले कुकुरलाई बायु सेनाको प्रमुखमा नियुक्त गरे पछि....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ८, २०७७ शनिवार • १०:२०:११ बजे
  • 2.4K
    SHARES
  • राजाले कुकुरलाई बायु सेनाको प्रमुखमा नियुक्त गरे पछि....

    एजेन्सी । थाईल्याण्डका राजा महा भजिरालोंगकोन र उनका नीतिविरुद्ध ठूला ठूला विरोध प्रदर्शनहरु भैरहेका छन । प्रधानमन्त्री प्रयुत चान ओचाले पद छाडेपछि जारी गरिएको आपतकाल घोषणाका कारण थाइल्याण्डमा चार जना भन्दा बढी मानिस भेला हुनमा प्रतिबन्ध लगाइएको छ । यद्यपी पछिल्ला केही सातादेखि राजतन्त्रविरुद्धको विरोध प्रदर्शन चर्किंदै गैरहेको छ ।

    images

    प्रदर्शनकारीहरुले राजतन्त्रको पूर्ण रुपमा अन्त्य गरी लोकतन्त्रको स्थापना गर्न माग गरिरहेका छन । कोरोना महामारीका कारण गरिएको लकडाउनले थाईल्याण्डको आर्थिक अवस्था विग्रंदो अवस्थामा छ ।

    त्यस्तै राजा महा भजिरालोंगकोन आफ्ना २० जना शाही सहयोगी र ४ पत्नी तथा नोकरचाकरहरुसंग एकान्तबासका लागि भन्दै जर्मनी गएका छन । जर्मनीको बाभारिया शहरस्थित पाँच तारे होटल ‘ग्राण्ड होटेल सोनेनबिची’ मा राजा महा भाजिरालोंगकोन बसिरहेका छन । उनका लागि होटलका सबै कोठाहरु बुक गरिएका छन ।

    जर्मनीको बाभारिया शहरमा पनि कोरोना महामारीका कारण लकडाउनको आदेश जारी थियो । तर थाई राजा भजिरालोंगकोनको सवारीका कारण स्थानीय प्रशासनले ग्राण्ड होटेल सोनेनबिची खोल्न विशेष अनुमति दिएको मिररले जनाएको छ ।

    अहिले थाई राजा महा भाजिरालोंगकोन आफ्ना ४ जना पत्नी र २० जना शाही सहयोगीहरुसंग आनन्द भोग गरिरहेका छन । थाईल्याण्डमा शाही सहयोगी त्यसलाई भनिन्छ, जो राजाका पत्नी हैनन् तर राजालाई यौन सुख दिन्छन ।

    शाही सहयोगी भनिने यो पद सन १९३२ मा हटाइएको थियो । तर वर्तमान राजा महा भाजिरालोंगकोनले शाही सहयोगीको पदलाई पुनः ब्युँताएका हुन ।

    थाईल्याण्डका राजा अस्वभाविक कृयाकलापहरुका कारण चर्चामा आइरहन्छन । राजा महा भाजिरालोंगकोनको ‘फुफु’ नाम गरेको कुकुरसंग निकै गहिरो भावनात्मक सम्बन्ध थियो । उनले एक पटक कुकुर फुफु लाई रोयल थाई एअर फोर्सको एयर चिफ मार्शलको पदमा नियुक्त गरेका थिए । अहिले त्यो भाग्यमानी कुकुरको मृत्यु भैसकेको छ ।

    थाईल्याण्डमा राजाको आलोचना गर्ने कार्यलाई ठूलो अपराधका रुपमा लिइन्छ । राजाको आलोचना गर्नेलाई १५ बर्षको जल सजाय दिने कडा कानून छ । तर पनि थाई नागरिकहरु अहिले राजा महा भाजिरालोंगकोन विरुद्ध सडकमा उत्रिएका छन ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology