Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स कम्पनी सामसुङका अध्यक्ष ली कुन–हेको निधन

विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स कम्पनी सामसुङका अध्यक्ष ली कुन–हेको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ९, २०७७ आइतवार • ११:२९:२८ बजे
  • 1.4K
    SHARES
  • विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स कम्पनी सामसुङका अध्यक्ष ली कुन–हेको निधन
    दक्षिण कोरियाका सर्वाधिक धनी व्यवसायी तथा विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स कम्पनी सामसुङका अध्यक्ष ली कुन–हेको निधन भएको छ।

    फ्रान्सको समाचार एजेन्सी एएफपीका अनुसार ७८ वर्षीय लीको आइतबार बिहान दक्षिण कोरियाको राजधानी सिओलमा मृत्यु भएको हो। बिरामी भएपछि उनी एक वर्षअघि अस्पताल भर्ना भएका थिए। त्यसयता उनका छोराले कम्पनी सम्हाल्दै आएका थिए। उनलाई सन् २०१४ मा हृदयघात पनि भएको थियो। तर, उनको मृत्युको कारण भने खुलाइएको छैन।

    उनी सन् १९८७ देखि २००८ र सन् २०१० देखि २०२० सम्म सामसुङ ग्रुपको अध्यक्ष थिए। स्मार्टफोन, कम्प्युटर र टेलिभिजन उत्पादनमा सामसुङ विश्वकै लोकप्रियमध्येको कम्पनी हो। पछिल्लो समय चिनियाँ कम्पनी हुवावेमाथि अमेरिकाले प्रतिबन्ध लगाएपछि सामुङको बजार थप विस्तार भएको छ। उनको सम्पत्ती सेप्टेम्बर २०२० मा २० अर्ब डलर भएको मूल्याङ्कन गरिएको थियो।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology