Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अफगानिस्तास्थित एक शिक्षा संस्थानबाहिर आत्मघाती हमला , १८ जनाको मृत्यु

अफगानिस्तास्थित एक शिक्षा संस्थानबाहिर आत्मघाती हमला , १८ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ९, २०७७ आइतवार • ११:३७:४७ बजे
  • 1.1K
    SHARES
  • अफगानिस्तास्थित एक शिक्षा संस्थानबाहिर आत्मघाती हमला , १८ जनाको मृत्यु
    अफगानिस्तास्थित एक शिक्षा संस्थानबाहिर आत्मघाती हमला हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। कैयौं घाइते भएका छन्। मृतकको संख्या बढ्ने आशंका गरिएको छ।

    इस्लामिक स्टेट समूहले सामाजिक सञ्जालमार्फत हमला आफूले गरेको दाबी गरेको छ।

    अफगानिस्तानको गृह मन्त्रालयलका प्रवक्ता तारिक एरियनले भनेका छन्, एक आत्मघाती आक्रमणकारीले भित्र प्रवेश गर्ने प्रयास गरेको थियो। तर सुरक्षाकर्मीले चिन्नेबित्तिकै उसले ढोकामै विस्फोट गरायो।

    एक स्थानीय नागरिक अली रेजाले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार मृत्यु हुनेमा धेरैजसो छात्र छन्, जो शिक्षा संस्थानभित्र प्रवेश गर्न पालो पर्खिरहेका थिए। उनले भने, ‘म त्यस ठाउँदेनि करिब सय मिटरमात्र टाढा थिएँ, ठूलो आवाजमा विस्फोट भयो।’

    केही हप्तायता अफगानिस्तानमा हिंसा बढिरहेको छ। अधिकतर हमला तालिवान समूहले गरेको छ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology