Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

~ गरिबको दशैं ~

~ गरिबको दशैं ~

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०७७ आइतवार • १३:१४:३९ बजे
  • 3.3K
    SHARES
  • ~ गरिबको दशैं ~
    राम चन्द्र तिम्सिना 
      (आवाज)

    दशै आयो 
    दशै संगै दशा आयो !

    छोरा परदेश जाँदा 
    गैरी खेत बन्दकी राखेर 
    झिकेको बैंकको ऋण फिर्ता 
    गर्ने मिति आयो !!

    छोरा आएन, 
    बैंकले सूचना निकालेर घरखेत खाईदिने
    धम्की आयो !
    बैंकको धम्की र बेइज्जत 
    संगै निन्द्रा हरायो !!

    समाज अनुसार चल्नै पर्यो,
    परिवार अनुसार बढ्नै पर्यो
    बालबच्चाको चित्त बुझाउनै पर्यो,
    ईस्टमित्रको मान मर्यादा राख्नै पर्यो !

    भारमा सुकाएको मासुले गिज्याए जस्तो लाग्छ,
    आंगनमा ठडिएको पिङले जिस्काए जस्तो लाग्छ !

    आमा नाङ्गिएको हेर्न पनि सकिएन
    श्रीमती नाङ्गिएको हेर्न पनि सकिएन
    ॠण धन गरेर खाईयो पनि लाईयो पनि !!

    भ्वाँग माथीको भ्वाँग टाल्नु पर्ने,
    ङिच्च हाँसेर हिड्नै पर्ने !

    साच्चै हजुर, 
    दशैं होईन 
    गरीबको झुपडी मा दशा आयो !!

  • सम्बन्धित विषय:

  • # साहित्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology