Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

सलहले दाङमा ६ सय हेक्टर जमिनको बाली सखाप पार्‍याे

सलहले दाङमा ६ सय हेक्टर जमिनको बाली सखाप पार्‍याे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७७ बिहिवार • ०८:३४:२३ बजे
  • 1.8K
    SHARES
  • सलहले दाङमा ६ सय हेक्टर जमिनको बाली सखाप पार्‍याे

    मंगलबार दाङमा भित्रिएको सलह किराले जिल्लाको सयौं हेक्टर जमिनमा लगाईएको बाली नष्ट पारिदिएको छ।

    images

    मंगलवार भित्रिएको सहलले बुधवार बेलुकासम्म जिल्लाभर ५ सय ९० हेक्टर जमिनमा लगाएको बालीनाली नष्ट पारिदिएको खबर आजको नागरिक दैनिकमा दाङबाट देवेन्द्र बस्नेतले लेखेका छन्।

    जिल्लाका दश वटै स्थानीय तहमा सहलले बालीमा ठूलो नोक्सानी पुर्‍याएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालका अनुसार सलहले सबै भन्दा बढि क्षेती मकैबालीमा पुर्‍याको छ। मकै पछि तरकारी बालीमा क्षेती पुर्‍याएको छ। ‘जिल्लामा सबै भन्दा बढि सलहले मकै बालीमा नोक्सानी पुर्‍याएको छ,’ धितालले भने, ‘मकै पछि तरकारी बालीमा क्षेती पुर्‍याएको छ।’

    कृषि ज्ञान केन्द्रका अनुसार मंगलवार भित्रिएको सलहले सबै भन्दा बढि घोराही उपमहानगरपालिका क्षेत्रको बालीनालीमा क्षेती पुर्‍याएको छ। घोराही क्षेत्रमा २ सय ५० हेक्टर जमिनमा लगाईएको बालीनाली सखाप पारेको केन्द्रका प्रमुख धितालले जानकारी दिए।

    घोराही क्षेत्रमा अहिले पनि सलहले नोक्सानी पुर्‍याईरहेको छ। ‘मकै र तरकारी बालीमा गरि घोराही उपमहानगरको कुल २ सय ५० हेक्टर जमिनमा लगाइएको बाली नष्ट पारेको छ,’ केन्द्रका प्रमुख धितालले भने ‘ घोराही उपमहानगरका विभिन्न स्थानमा अहिले पनि सहल छ, क्षेती पुर्‍याईरहेको छ।’

    यसैगरि तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा पनि अहिले सम्म सलह बसिरहेकै छ। वुधवार बेलुका सम्म सलहले तुलसीपुर क्षेत्रको ५० हेक्टर जमिनमा लगाइएको बालीनाली नष्ट गरेको धितालले जानकारी दिएका छन्। ‘तुलसीपुर क्षेत्रमा पनि सलह अँझै छ, भागेको छैन,’ धितालले भने ‘हटाउनका लागि स्थानीयहरुले प्रयास गरिरहेका छन्।’

    बंगलाचुली गाउँपालिकामा पनि ५० हेक्टर जमिनमा लगाईएको बालीनाली सलहले नष्ट पारेको छ। यसैगरि दंगलीशरण गाउँपालिकामा बीस हेक्टर जमिनमा लगाईएको बालीनाली नष्ट पारेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology