Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतीय सेनाका प्रमुख जनरल मनोज मुकुन्द नरवाणे नेपाल आउँदै

भारतीय सेनाका प्रमुख जनरल मनोज मुकुन्द नरवाणे नेपाल आउँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ११, २०७७ मंगलवार • ०८:२८:१३ बजे
  • 3.1K
    SHARES
  • भारतीय सेनाका प्रमुख जनरल मनोज मुकुन्द नरवाणे नेपाल आउँदै

    एजेन्सी । भारतीय सेनाका प्रमुख जनरल मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने भएका छन। आगामी नोभेम्बर ४ देखि नरवाणेको नेपाल भ्रमण तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन।

    images

    गत साता भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल नेपाल आएलगत्तै भारतको अर्को सुरक्षा निकाय प्रमुखको नेपाल भ्रमण हुन लागेको हो।

    भारतीय सञ्चार माध्यमले जनाए अनुसार नरवाणेले नेपालमा तीन दिन बिताउँनेछन्। त्यस क्रममा उनले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ प्रधान सेनापतिको पदवी ग्रहण गर्नेछन ।

    नेपालमा रहंदा नरवाणेले नेपालका समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापालगायत उच्च पदस्थ व्यक्तिसंग भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

    नेपाल र भारतबीच कालापानी लगायतका क्षेत्रमा सिमा विवाद रहेका बेला भारतीय सैन्य प्रमुखको नेपाल भम्रणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    नरवाणेले नेपाल–भारत खुला सीमालाई व्यवस्थित गर्ने लगायतका विषयमा नेपाली अधिकारीहरुसँग छलफल गर्ने भारतीय सञ्चार माध्यम टाइम्स अफ ईण्डियाले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology