Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे,कात्तिक १९ गते नेपाल भ्रमणमा

भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे,कात्तिक १९ गते नेपाल भ्रमणमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ११, २०७७ मंगलवार • ०८:४६:२९ बजे
  • 1.6K
    SHARES
  • भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे,कात्तिक १९ गते नेपाल भ्रमणमा
    भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण मिति सार्वजनिक भएको छ । भारतीय सरकारी समाचार संस्था पीटिआईका अनुसार नारावणे कात्तिक १९ गतेदेखि २१ गतेसम्म नेपाल भ्रमणमा रहनेछन् । ​

    पीटिआईलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले भारतीय सेनाध्यक्षको नेपाल भ्रमणको मिति टुंगो लागेको खबर सार्वजनिक गरेको हो । 

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भएका लकडाउन र निषेधाज्ञाका कारण सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण यसअघि स्थगित भएको थियो । 

    भ्रमणका क्रममा नरावणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्नेछन् । यसलाई नेपाल र भारतको सम्बन्धमा नियमित प्रक्रिया मानिन्छ । 

    नेपालका सेनापतिले समेत भारतका राष्ट्रपतिबाट मानार्थ सेनाध्यक्षको दर्जा ग्रहण गर्दै आएका छन् । यो सन् १९५० देखि चल्दै आएको परम्परा हो । 

    सीमा विवादको विषयमा नेपाल र भारतको सम्बन्ध चिसिएका बेला हुन लागेको सेनाध्यक्षको भ्रमणलाई महत्वका साथ हेरिएको छ । उनको भ्रमणले दुई देशको सीमा विवादमा कूटनीतिक वार्ताको बाटो खुल्ने अपेक्षा गरिएको छ । 

    नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीमाथि भारतीय दाबी निरन्तर रहनु र नेपालले यो भूभाग समेटेर नक्सा सार्वजनिक गरेपछि नेपाल र भारतको सम्बन्ध चिसिएको छ । भारतीय सेना प्रमुखको भ्रमण सीमा विवाद समाधानका लागि महत्वपूर्ण पहल हुनसक्ने कूटनीतिज्ञले बताउँदै आएका छन् । 

    नेपाल सरकारले २०७६ माघ २० गते नै सेनाध्यक्ष नरावणेको भ्रमणको निर्णय गरेको थियो । उनी आउने चर्चा भए पनि लकडाउनका कारण उनको भ्रमण रोकिएको दुवै पक्षले बताउँदै आएका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology