Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बझाङमा वडाध्यक्षसहित १० जना जुवाडे पक्राउ

बझाङमा वडाध्यक्षसहित १० जना जुवाडे पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १२, २०७७ बुधवार • १०:११:४१ बजे
  • 976
    SHARES
  • बझाङमा वडाध्यक्षसहित १० जना जुवाडे पक्राउ
    धनगढी – बझाङमा वडाध्यक्षसहित १० जना जुवाडे पक्राउ परेका छन्।

    जयपृथ्वी नगरपालिका वडा नम्बर ४ बाट जुवा खेलिरहेको अवस्थामा नगद ७० हजारसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले ७० हजार ७ सय ३० रुपैयाँसहित जयपृथ्वी नगरपालिका ४ का वडाध्यक्ष गगन खाती लगायतका जुवाडेलाई पक्राउ गरिएको जानकारी दिए ।

    अन्य पक्राउ पर्नेमा नर बहादुर वड, शेर बहादुर खाती, लोकेन्द्र खाती, विक्रम खाती, कुम्भराज उपाध्याय, नरेन्द्रराज उपाध्याय, रतनलाल रताला, उमेशराज जोशी, सन्तोष जोशी रहेको उनले बताए ।

    उनीहरुलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology