एजेन्सी– संयुक्त राज्य बेलायतमा कोरोना भाइरस (कोभिड–१९) का कारण पछिल्लो २४ घण्टामा ३ सय ६७ जनाको मृत्यु भएको छ ।
मंगलबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार २४ घण्टामा मात्र ३ सय ६७ को मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । गत मे महिनापछि यत्तिका धेरै संख्यामा मृत्यु भएको यो पहिलोपटक हो ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको बेलायतमा ४५ हजार ३ सय ६५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २२ हजार ८ सय ८५ जना नयाँ संक्रमित थपिएका छन् ।