Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कतार एयरवेजकाे १० वटा फ्लाइटबाट दाेहा पुगेका महिला यात्रीलाई नांगै बनाएर चेक गरिएकाे खुलासा : सरकारले माग्याे माफी

कतार एयरवेजकाे १० वटा फ्लाइटबाट दाेहा पुगेका महिला यात्रीलाई नांगै बनाएर चेक गरिएकाे खुलासा : सरकारले माग्याे माफी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १२, २०७७ बुधवार • १८:०५:३१ बजे
  • 2.8K
    SHARES
  • कतार एयरवेजकाे १० वटा फ्लाइटबाट दाेहा पुगेका महिला यात्रीलाई नांगै बनाएर चेक गरिएकाे खुलासा : सरकारले माग्याे माफी

    एजेन्सि/ कतार एयरवेजकाे १० वटा फ्लाइटबाट दाेहा पुगेका महिला यात्रीलाई नांगै बनाएर चेक गरिएकाे खुलासा भएकाे छ । याे घटना २ अक्टाेबरकाे हाे । 

    images

    अस्ट्रेलियाका प्रधानमन्त्री स्कॉट मॉरीसनले उक्त घटना भयावह और असहनीय हरकत भएकाे बताएका छन् । त्यसमा १३ जना महिला अस्ट्रेलिया का रहेका थिए ।उता, कतार सरकारले भने घटनालाइ लिएर माफि मागेकाे छ ।

    २ अक्टाेबरमा दोहा एयरपोर्टकाे एउटा डस्टबिनमा नवजात बच्चा भेटिएकाे थियाे । सुरक्षा अधिकारिले उक्त बच्चा काेइ यात्रीकाे हुन सक्ने आशंका गरेका थिए । उनीहरूलाइ काेइ यात्रीले उक्त बच्चीलाइ जन्माएर डस्बिनमा फालेकेा आशंका थियाे ।

    त्यसैले एयरपोर्टमा आउने सबै महिलाको निर्वस्त्र तलाशी लिइएकाे थियाे । यसरी निर्वस्त्र बनाएर तलाशी लिनुले कसैले बच्चा जन्माएर फालेकाे आशंका थियाे । याे घटनाकाे तस्बिर भने पुरा क्लियर देखिदैन । यस्तै अस्ट्रेलियाबाहेक कुन कुन देशका महिला यात्री थिए र कस कसकाे त्यसरी जाँच गरियाे भनेर खुलिसकेकाे छैन । अर्काेतर्फ त्याे डस्बिनमा भेटिएकाे बच्चा कस्काे थियाे भन्ने पत्ता लागे नलागेकेा पनि खुलाइएकाे छैन ।

    दोहा देखि सिडनी जाने एक फ्लाइटका महिलाकाे साथ याे घटना भएपछि अहिले चाैतर्फ बिराेध सुरू भएकाे छ । कुल १० फ्लाइटमा जाने महिला यात्रीमाथि तलाशी लिएकाे घटना सार्वजनिक भएलगत्तै अस्ट्रेलियाका पीएम स्कॉट मॉरिसनले घटनाकाे बिराेध गर्दै भनेका छन्,याे अकल्पनीय, भयावह र असह्य हरकत हाे । म पनि एक छाेरीकाे पिता हुँ । अस्ट्रेलिया हाेस या अन्य कुनै मुलककी महिला यसरी तलाशी लिनु हदैसम्मकाे पिडादायी घटना हाे ।

    त्यसरी जाँच कुन कुन एयरपाेर्टमा भएकाे थियाे, कति महिलामाथि त्यस्ताे तलाशी लिइयाे भन्नेबारे जानकारी कतारी सरकारले दिएकाे छैन । न्यूज एजेंसी एएफपीका अनुसार पिडित महिलामध्ये एक फ्रांसकी महिला पनि रहेकी थिइन् ।

    कतार इस्लामिक देश भएकाेले चाइल्डबर्थ र यससँग जाेडिएका बिषयमा बनेका कानुन एकदम कडा छन् ।

    घटना सार्वजनीक भएपछि कतारी सरकारले घटनाकाे बचाउ गदै भनेकाे छ, हामी  यात्रिकाे सुरक्षालाइ लिएर सतर्क छाै । हामी सिर्फ याे पता लगाउने काेशिस गरिरहेका थियाै कि बच्चालाइ जन्म दिएर कुन महिलाले फ्याकेकाे थियाे ?  ती महिलालाइ राेक्न चाहन्थ्याै । त्यस क्रममा केहिलाइ दुःख भयाे त्यसकाे लागि माफि चाहन्छाै । कसैकाे स्वतन्त्रता छिन्ने हाम्राे उदेश्य हाेइन । सरकारले उक्त घटनाकाे अनुसन्धान गर्न पनि आदेश दिएकाे र उक्त बच्चीकाे स्वास्थ्य अवस्था अहिले ठिक रहेकेा छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology