Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरकारी सुरक्षाबल र तालिबानी लडाकूबीच भएको झडपको क्रममा तालिबानका एक कमाण्डरसहित पाँचको मृत्यु

सरकारी सुरक्षाबल र तालिबानी लडाकूबीच भएको झडपको क्रममा तालिबानका एक कमाण्डरसहित पाँचको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १२, २०७७ बुधवार • १९:२९:११ बजे
  • 1.7K
    SHARES
  • सरकारी सुरक्षाबल र तालिबानी लडाकूबीच भएको झडपको क्रममा तालिबानका एक कमाण्डरसहित पाँचको मृत्यु

    सिन्ह्वा । अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबल र तालिबानी लडाकूबीच भएको झडपको क्रममा तालिबानका एक कमाण्डरसहित पाँचको मृत्यु भएको छ ।

    images

    एक कमाण्डरसहित मारिएका तालिबानका यी सदस्यहरु हालै मात्र जेल मुक्त भएका थिए । अफगानिस्तानका तालिबान र अमेरिकाबीचको शान्ति वार्ताको लागि अमोरिका र तालिबानबीचको सम्झौताअनुसार यी तालिबान लडाकूलाई जेल मुक्त गरिएको थियो ।

    काबुलमा अधिकारीहरूले रिहा गरेका कैदीहरूमध्ये एक कमाण्डरसहित कम्तीमा पाँच जना तालिबानी मारिएका स्थानीय प्रहरी प्रमुख हेक्मतुल्लाह कोचीले बुधबार बताएका छन् । कोचीले हालै जेल मुक्त भएका ५ हजार तालिवान कैदीबीच छुटेका कमान्डर अहमद शाहलाई गोली हानेर मारेको एक प्रेस विज्ञप्तिमा जानकारी र्दिएका छन् ।

    अफगान सुरक्षाबलको स्थानीय चौकीमा आक्रमण गर्न आएका यी पाँच तालिबान लडाकू मारिनुको साथै अरु दुई तालिबानी लडाकू घाइते भएका कोचीले बताए । उत्तरपूर्वी अफगान प्रान्तको कुन्दुज प्रान्तमा बम विस्फोटको एउटा अर्को घटनामा पाँच तालिबानी लडाकूको मृत्यु भएको छ ।

    तरनाब इलाकामा भएको एक बम बिष्फोटमा परी मोहम्मद भनेर चिनिने एक कमाण्डरसहित पाँच जना तालिबानी लडाकू मारिनुको साथै अन्य पाँच घाइते भएका अफगान सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यस घटनाको विषयमा तालिबानी लडाकू समूहले केही टिप्पणी भने गरेका छैनन । 

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology