एजेन्सी । भारतीय चर्चित अभिनेत्री अमिषापटेलले विहार लोकसभाको चुनावको सन्दर्भमा एक नेतामाथि अभद्र व्यवहारको आरोपकाे अडियोले अहिले चर्चा मच्चाएको छ ।
भारतीय मिडियाका अनुसार भारतको विधान सभाको चुनावको प्रचारका लागि विहार पुगेकीले लोक जनशक्ति पार्टीका उम्मेद्वार डा. चन्द्र प्रकाशमाथि ब्लाकमेल र अभद्र व्यवहार गरेको बताएकी हुन् ।
यद्दपि सार्वजनिक भएको सो अडियोमाथि जाँच भने चलिरहेको बताइएको छ । अमिषा पटेलले विहारमा उनै डा चन्द्रप्रकाशको निम्तोमा उनकै प्रचारका लागि आएको स्वीकारेकी छन् ।
उनले एक अन्तर्वार्तामा भनेकी छन्– “उनी धेरै खतरनाक मान्छे हुन् । उनी मानिसहरुलाई ब्लाकमेल गर्दछन् र मानिसहरुलाई धम्काउँछन् । मेरो त्यहाँ रेप–मर्डर हुन सक्ने थियो । उसका मानिसहरुले मेरो कार घेरिरहेका हुन्थे । म उसको कुरा नमानुन्जेल उसका मान्छेहरु मेरो कारलाई हल्लिन पनि दिँदैनथे ।”