Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रेमीले गरे प्रेमिकाको हत्या

कुवेतमा लमजुङकी जमुना बि.क को आफ्नै प्रेमीद्वारा हत्या

कुवेतमा लमजुङकी जमुना बि.क को आफ्नै प्रेमीद्वारा हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७७ बिहिवार • ०४:३७:३२ बजे
  • 5.3K
    SHARES
  • कुवेतमा लमजुङकी जमुना बि.क को आफ्नै प्रेमीद्वारा हत्या
    कुवेतमा लमजुङकी जमुना बि. क को भारतीय प्रेमीद्वारा  हत्या भएको छ । जमुनालाई उनकै भारतीय प्रेमीले अक्टोबर २१ तारिक, बुधबार-२०२० का दिन आफ्नै कोठामा हत्या गरेका हुन । जमुनाको अर्को पुरुषसंग सम्बन्ध रहेको कारण आफ्नो  प्रेमीले उनको हत्या गरेका हुन । आफ्नै कोठामा सिरानीले मुख थुनेर जमुनाको हत्या गरिएको अरब टाइम्सले जनाइएको छ । मृतकको शरिरमा कुनै चोटपटक र निलडाम नदेखिए पनि उनिहरु बिच झगडा परेको छिमेकीले बताए पछि कुवेत प्रहरीले जमुनाको प्रेमीलाई पक्राउ गरेको थियो भने प्रहरीको अनुसन्धान पछि ती भारतीय नागरिकले आफुले हत्या गरेको स्विकारेका छन । नेपाली राजदुताबास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालका अनुसार "भारतीयद्वारा हत्या भएकी नेपाली महिलाको घर लमजुङ र मृतकको नाम जमुना बिक भएको पुष्टि भएको छ । मृतक भारतको बाटो हुँदै कुवेत आएको देखिएको छ । उनले श्रम गरेर आएको कुनै अभिलेख देखिदैन, कुनै कागजात नभएकोले पूरा बिबरण भने पाउन सकिएको छैन । नेपाली राजदूताबाससंग मृतकको परिवारका सदस्यहरुको सम्पर्क भैसकेको हुनाले सम्बन्धित निकायहरुसंग समन्वय गरेर कानुनी प्रकृयामा दूताबास लागि सकेको छ ।"

  • सम्बन्धित विषय:

  • # हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology