Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लकडाउन

फ्रान्समा पुन राष्ट्रब्यापी लकडाउन

फ्रान्समा पुन राष्ट्रब्यापी लकडाउन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७७ बिहिवार • ०८:५८:०८ बजे
  • 1.4K
    SHARES
  • फ्रान्समा पुन राष्ट्रब्यापी लकडाउन

    एजेन्सी/ कोरोना भाइरसको महामारी पुनः बढ्न थालेपछी फ्रान्समा राष्ट्रब्यापी लकडाउन गरिएको छ ।राष्ट्रपति इमानुएल म्याक्रोंले टेलिभिजनमार्फत देशबासीका नाममा सम्बोधन गर्दै आगामी दुई साताका लागि राष्ट्रिय लकडाउन लागू गरिएको घोषणा गर्नुभयो ।लकडाउन लागू भएसंगै मानिसहरु स्वास्थ्य सम्बन्धि कामबाहेक घरबाट बाहिर निस्कन पाउने छैनन् । ब्यापार ब्यबसायहरु पुर्णरुपमा बन्द रहने छन, रेष्टुराँ र होटलहरु खोल्न प्रतिबन्ध लगाइएको छ ।

    images

    यद्यपि बिद्यालय र कारखानाहरु भने पुर्णरुपमा संचालन हुनेछ । राष्ट्रपति म्याक्रोंले फ्रान्समा लागू गरिएको यो दोस्रो चरणको लकडाउन पहिलो भन्दा कडा हुने भन्दै सबै नागरिकलाई नियम पालना गर्न अपील समेत गर्नुभएको छ ।

    अहिलेको समय कोरोना भाइरससंग जुध्नु पर्ने बताउँदै उहाँले कोभिडका कारण देश संकटमा परेको बताउनुभयो ।

    हजारौं संक्रमितहरु सडकमा खुलेआम हिडेका कारण पनि संक्रमण दर दिनानुदिन उच्च गतिमा फैलिरहेकाले नियन्त्रणका लागि लकडाउन नै उत्तम उपाय भएको बताउँदै उहाँले यसमा जनताले साथ दिने बिश्वास समेत ब्यक्त गर्नुभयो ।

    फ्रान्समा पछिल्लो २४ घण्टामा ४० हजाराको हाराहारीमा नयाँ संक्रमित थपिनुका साथै थप २ सय ४४ जनाको मृत्यु भएको छ ।

    हालसम्म संक्रमितको संख्या १२ लाख ३५ हजार १ सय बढी पुगेको छ । कोरानाका कारण त्यहाँ ३५ हजार ७ सय ८५ बढीको मृत्यु भइसकेको छ ।युरोपेली राष्ट्रहरुमा कोरोना संक्रमणको दोश्रो लहर शुरु भएको बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओले जनाएको छ ।

    स्पेन, जर्मनी, बेल्जिम लगाएतका मुलुकहरुले संकटकालको घोषणा गरिसकेका छन् ।स्विट्जरल्याण्डका अधिकांश प्रान्तका अस्पतालहरु कोभिडका बिरामीकाे चाप बढेपछि नयाँ संक्रमितहरुलाई भर्ना लिन असमर्थ भएको सुचना नै जारी गरिसकेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology