Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा विवाद

ओलीलाई प्रचण्डले भने एक्लाएक्लै भेटवार्ताको अर्थ छैन : पार्टीमा रअ प्रकरणदेखि पर्सासम्मका घटनाले जनतामा राम्रो सन्देश गएन

ओलीलाई प्रचण्डले भने एक्लाएक्लै भेटवार्ताको अर्थ छैन : पार्टीमा रअ प्रकरणदेखि पर्सासम्मका घटनाले जनतामा राम्रो सन्देश गएन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७७ बिहिवार • १५:०९:०३ बजे
  • 2.5K
    SHARES
  • ओलीलाई प्रचण्डले भने  एक्लाएक्लै भेटवार्ताको अर्थ छैन : पार्टीमा रअ प्रकरणदेखि पर्सासम्मका घटनाले जनतामा राम्रो सन्देश गएन
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दूरी बढेको छ । १० दिनदेखि अध्यक्षद्वयबीच संवाद हुन सकेको छैन । तर, दुबैजनाको सन्देश आदान प्रदान भने भइरहेको छ । अर्थमन्त्रीसमेत रहेका नेकपा महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका नेता सुवास नेम्बाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखेरेलमार्फत सन्देश आदान प्रदान चलिरहेको छ ।
    लुम्बिनीका मुख्यमन्त्री पोखरेलले आज बिहान प्रचण्ड निवास पुगेर प्रधानमन्त्री ओलीसँग वार्ता गर्नका लागि पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग आग्रह गरेका छन् । प्रचण्डसँगको भेटवार्तामा तीनैजनाले ओलीले विगतको सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाएका स्रोतको भनाइ छ । पौडेल, नेम्बाङ र पोखरेललाई अध्यक्ष प्रचण्डले पार्टीको बैठकबाट निकास खोज्नुपर्ने बताएका छन् ।
    स्रोतका अनुसार प्रचण्डले पोखरेलसँग भने, ‘अब एक्लाएक्लै भेटवार्ताको अर्थ छैन, बैठकबाट निकास खोजौँ । पार्टीमा रअ प्रकरणदेखि पर्सासम्मका घटनाले जनतामा राम्रो सन्देश गएको छैन । अब बैठकबाट निकास खोज्नुपर्छ ।’ भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादा विपरित ओलीले बालुवाटारमा भेटवार्ता गरेपछि नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेको छ ।
    त्यसअघि कर्णाली प्रकरण, मन्त्रिपरिषद्को बिस्तार तथा हेरफेर, विभिन्न देशमा राजदूत नियुक्तिलगायतका कुराले बिवाद बढेको थियो । पछिल्लो समय पर्सामा नेकपाका एक स्थानीय नेताको हत्या प्रकरणले पनि पार्टीमा समस्या निम्तिएको छ । राजनीतिक दबाबमा प्रहरीले घटनामा संलग्नविरुद्धको जाहेरी लिन मानेको छैन ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology