Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लडाकु भालेको आक्रमणबाट प्रहरी प्रमुखको मृत्यु !

लडाकु भालेको आक्रमणबाट प्रहरी प्रमुखको मृत्यु !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७७ बिहिवार • १५:४७:०७ बजे
  • 3.2K
    SHARES
  • लडाकु भालेको आक्रमणबाट प्रहरी प्रमुखको मृत्यु !
    एजेन्सी । फिलिपिन्समा लडाकु भालेको आक्रमणबाट एक प्रहरी अधिकारीको मृत्यु भएको छ । अवैधरुपमा भाले जुधाइ भइरहेको सूचनाका आधारमा छापा हान्न पुगेको प्रहरी टोलीमाथि भालेले आक्रमण गर्दा फिलिपिन्समा नगर प्रहरी प्रमुखको मृत्यु भएको छ ।
    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार समार प्रान्तमा भीडभाडले कोरोना संक्रमण फैलिने भन्दै भाले जुधाइ रोक्नका लागि प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा भालेले प्रहरीमाथि आक्रमण गरेको थियो । नगर प्रहरी प्रमुख क्रिष्टियन बोलोकको भाले समाप्ने क्रममा भालेको आक्रमणबाट मृत्यु भएको फिलिपिन्सका सञ्चारमाध्यमले जनाएका छन् ।
    गभर्नर एड्विन ओङचुआनले भालेको खुट्टामा ब्लेड लगाइएको र भालेले निरन्तर आक्रमण गर्दा प्रहरी प्रमुखको मृत्यु भएको जनाएका छन् । भालेको आक्रमणबाट खुट्टाका नशा काटिएको र अत्यधिक रगत बगेकाले मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । प्रहरीले घटनापछि तीनजनालाई पक्राउ गरेर कारबाही प्रक्रिया सुरु गरेको छ ।
    घटनास्थलबाट प्रहरीले ७ वटा कुखुरा बरामद गरेको छ । सरकारले भालेको आक्रमणबाट मृत्यु भएका प्रहरी प्रमुखको परिवारलाई आर्थिक सहायता दिने घोषणा गरेको छ । फिलिपिन्समा भाले जुधाइ चर्चित खेल हो । लाइसेन्स लिएर खेलाउन पाइने भए पनि अहिले कोरोना संक्रमणले प्रतिबन्ध लगाइएको छ ।

  • सम्बन्धित विषय:

  • # रोचक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology