Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल कम्यूनिष्ट पार्टी (विप्लव ) कञ्चनपुरका पार्टी कार्यालय सचिव पक्राउ

नेपाल कम्यूनिष्ट पार्टी (विप्लव ) कञ्चनपुरका पार्टी कार्यालय सचिव पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १४, २०७७ शुक्रवार • ०८:३६:४९ बजे
  • 3.5K
    SHARES
  • नेपाल कम्यूनिष्ट पार्टी (विप्लव ) कञ्चनपुरका पार्टी कार्यालय सचिव पक्राउ
    नेपाल कम्यूनिष्ट पार्टी (विप्लव ) कञ्चनपुरका पार्टी कार्यालय सचिव पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार नेकपा जिल्ला पार्टी कार्यालय सचिव शंकर महरालाई पक्राउ गरेको हो ।

    कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले महरा विरुद्ध यसअघि आगजनी, विस्पोटका घटनामा संलग्न भएकाले पक्राउ गरिएको बताए । ‘उहाँ विरुद्ध परेको जाहेरीका आधारमा अदालतमा पेश गरिएको मुद्दामा अनुपस्थित  भएकाले पक्राउ गरेका हौँ, ‘प्रवक्ता थापाले भने, ‘महराका विषयमा थप अनुसन्धान पनि गछौँ ।’ महरालाई महेन्द्रनगरबाट पक्राउ गरिएको उनले बताए ।

     नेकपा कञ्चनपुरले भने आफ्ना नेता कार्यकर्तालाई झुटा मुद्दा लगाएर फसाउने काम गरेको भन्दै महराको ससम्मान रिहाईको माग गरेको छ । नेता कार्यकर्तामाथि अनावश्यक धरपकट नगर्न समेत नेकपा कञ्चनपुरले चेतावनी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology