Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमणबाट ४७ दिने शिशुको मृत्यु

कोरोना संक्रमणबाट ४७ दिने शिशुको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७७ बिहिवार • १३:२४:४३ बजे
  • 2.1K
    SHARES
  • कोरोना संक्रमणबाट  ४७ दिने शिशुको मृत्यु

    त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत म्याग्दी स्थायी घर भएका कोरोना संक्रमित शिशुको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका ४७ दिने शिशुको बुधबार बेलुका मृत्यु भएको शिक्षण अस्पताल स्रोतले जानकारी दिएको छ । सोही अस्पतालमा जन्मेका शिशुको श्वास प्रश्वासमा समस्या देखिएपछि जन्मेको ४५ दिनको दिन घाँटीको शल्यक्रिया गरिएको थियो ।

    images

    शल्यक्रियापछि अस्पतालमा रहेका उनको घाँटीको शल्यक्रिया गर्नुअघि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको आइसोलेसेनमा उपचारत शिशुको संक्रमण पुष्टि भएको भोलीपल्ट मृत्यु भएको हो । संक्रमित शिशुको मृत्यु भएपछि उनको सम्पर्कमा आएका चिकित्सक र स्वास्थयकर्मीहरु शिक्षण अस्पतालकै क्वारेन्टाइनमा बसेका छन । आमाको भने कोरोना रिपोर्ट आउन बाँकी छ । 

  • सम्बन्धित विषय:

  • # विचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology