Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आतंककारीले गोली हानेर भाजपाका नेता फिदा हुसैन सहित ३ जनाको हत्या

आतंककारीले गोली हानेर भाजपाका नेता फिदा हुसैन सहित ३ जनाको हत्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १४, २०७७ शुक्रवार • ०८:५२:४५ बजे
  • 1.6K
    SHARES
  • आतंककारीले गोली हानेर भाजपाका नेता फिदा हुसैन सहित ३ जनाको हत्या
    दक्षिणी कस्मिरको कुलगाममा बिहीबार साँझ आतंककारीले गोली हानेर भारतीय जनता पार्टी (भाजपा) का नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरेका छन्।

    भारतीय पत्रिका दैनिक भास्करका अनुसार हुसैन, कुलगाम भाजपा युवा मोर्चाका महासचिव थिए। उनीसहित उनका दुई कार्यकर्ता- उमर रासिद बेग र उमर रमजान हाजमको हत्या भएको हो।


    एक जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पताल लानेबित्तिकै मृत्यु भएको दैनिक भास्करले उल्लेख गरेकाे छ। तर कसको घटनास्थलमै र ककसको अस्पताल लानेबित्तिकै मृत्यु भएको हो, पत्रिकाले खुलाएको छैन।

    फिदा हुसैन काजिगुन्ड बस्थे। हुसैनविरुद्ध त्यसबेला हमला भयो, जतिबेला उनी कारमा कार्यकर्ताका साथ घरतर्फ जाँदै थिए।

    आतंकवादी एक गाडीमा आए र फिदालाई कारमै गोली हानेर भागे। सुरक्षाकर्मीले आक्रमणकारीको खोजी गरिरहेको जनाएका छन्। 

    द रजिस्टेन्स फ्रन्ट (टीआरएफ) नामक संगठनले आक्रमणको जिम्मेवारी लिएको छ।


    यो संगठन लक्सर ए तैयबाको सहयोगी भएको बताइएको छ। बान्दीपोरामा भाजपाकै नेता बसिम बारीको हत्या हुँदा पनि यही संगठनको नाम आएको थियो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology