Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरकारी वकिल कार्यालयमार्फत दर्ता भयो चौरसिया हत्याको जाहेरी

सरकारी वकिल कार्यालयमार्फत दर्ता भयो चौरसिया हत्याको जाहेरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०७७ शुक्रवार • १०:१८:३५ बजे
  • 1.4K
    SHARES
  • सरकारी वकिल कार्यालयमार्फत दर्ता भयो चौरसिया हत्याको जाहेरी

    जिल्ला प्रहरी कार्यालय पर्साले जाहेरी लिन नमानेपछि अन्तत मुकेश चौरसिया हत्याको जाहेरी सरकारी वकिल कार्यलयमार्फत दर्ता भएके छ । पीडित पक्षले बिहीबार सरकारी वकिल कार्यालयमार्फत कर्तव्य ज्यानको जाहेरी दर्ता गराएका हुन् ।

    images

    गत बिहीबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी पर्साको विन्दवासिनी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो । घटनाको ७ दिन बितिसक्दा पनि पर्सा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि आन्दोलित बनेका पीडित पक्ष सरकारी वकिल कार्यलय पुगेको थियो । बिहीबार निवेदनसहित जाहेरी सरकारी वकिल कार्यालयमा दर्ता गराएको सरकारी वकिल कार्यालयका प्रमुख रुद्रप्रसाद पन्थीले जानकारी दिए ।
    उक्त निवेदन दर्ता गरिएको र आवश्यक कारबाहीका लागि जाहेरी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको पनि उनले बताए । ‘मुद्दा दर्ता र अनुसन्धान गर्ने जिम्मा प्रहरीको भएकाले जाहेरी पर्सा प्रहरीलाई पठाईएको उनले बताए ।
    सरकारी वकिल कार्यालयबाट पत्र आएपछि प्रहरीले कर्तव्य ज्यानको पुरानै जाहेरी दर्ता गरेको मृतकका भाइ महेश चौरसियाले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटको दर्ता नम्बर १९० मा राजकुमार गुप्ता सहितको कर्तव्य ज्यान मुद्दा बिहीबार दर्ता भएको उनले बताए ।

    शुक्रबार मुकेशको मृत्यु भएपछि मृतकका भाइ महेश चौरसियाले दाइको हत्याको मुख्य योजनाकारमा सभासद तथा नेकपा नेता राजकुमार गुप्तासहित १२ जनाको जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले लिन मानेको थिएन । प्रहरीले मुद्धा दर्ता नगरेपछि परिवार र स्थानीय नेकपा नेताकार्यकर्ताले पर्सा प्रहरी प्रमुख एसपि गंगा पन्तको पुत्ला समेत जलाएका थिए ।

    उनका अनुसार गुप्ताको नाम हटाई जाहेरी ल्याएमात्र दर्ता गर्ने प्रहरीले अडान राखेको थियो । जाहेरी दर्ता गराउन नेकपाका जिल्ला इन्चार्ज, सचिव लगायतका नेता जिल्ला प्रहरी कार्यालय अगाडि विगत ७ दिनदेखि धर्ना दिइरहेका थिए । चौरसियाको शव नारायणी अस्पतालमा राखिएको थियो । मुद्दा दर्ता भएपछि शुक्रबार शवको पोस्टमार्टम गरी दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology