Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दिपा खोज्ने बहानमा म्याग्दी प्रहरीको ज्यादती:दशैको दिन गाॅउ पुरै आतंकित

दिपा खोज्ने बहानमा म्याग्दी प्रहरीको ज्यादती:दशैको दिन गाॅउ पुरै आतंकित

प्रकाश बिश्वकर्मा

प्रकाश बिश्वकर्मा

कार्तिक १५, २०७७ शनिवार • ०२:४९:५९ बजे
  • 8.5K
    SHARES
  • दिपा खोज्ने बहानमा म्याग्दी प्रहरीको ज्यादती:दशैको दिन गाॅउ पुरै आतंकित

    मंगला गाॅउपालिका ४ वुकेनी गाॅउ सुख दुख दशै मनाउने तयारीमा थियो एक छाक मिठो मसिनो हाॅसी खुसी खाने दिन परिबार आफन्त सबै भेटघाट गर्ने चाड पनि हो दशै तर बुकेनी गाॅउको स्थानियहरुको यसपालीको दशै यतिमा सिमीत भएन बरु नागरिकका सुरक्षाका लागी भनेर खटिएका प्रहरीहरु बाटै उल्टो दशैको दिन मानसिक तनाब खेप्नु पर्यो।

    images

    बिद्रोही नेकपा म्याग्दीको जिल्ला ईन्चार्ज शुशिला बिक (दिपा) लाई खोज्न भन्दै दिपाको घरमा पुगेको सादा पोसाकका प्रहरी शुरुमा तदिपाको परिवार संग दिपाको साथी हौ भनेर घरमा पुगे तर पुगेको केही बेरमै झण्डै शाही कालको झल्को दिनै गरी दिपाको घरमा खानतलासी परिवारको सदस्यहरुलाई हप्की दप्कीमा उत्रिएका दिपाकोपरिवारका सदस्यले जानकारी दिए।

    प्रहरीको ज्यादती यतिमा मात्र सिमीत भएन प्रहरीले गाॅउका पुरै घरहरुमा स्थानिय जनताको मोबाईल समेत कब्जामा लिई खानतलासी गर्यो तर ईन्चार्ज दिपा कॅही कतै नभेटिए पछी स्थानिय बासीहरुलाई धम्की दिएर फर्किएको एक यस्थानिय ले जानकारी दिए दशैको दिनमा म्याग्दी प्रहरीको यो हर्कत कुनै पनि हिसाबले सह्यै नभएको स्थानिय बुद्दिजिवीहरुले बताउने गरेका छन स्थानिय एक बुद्दिजिवी भन्छन बोले बिप्लब भनेर दुख दिन्छन नबोले प्रहरीनै गुण्डा शैलिमा चाडको दिनमा गाॅउ नै आतॅकित पारेर गयो।

    यता नेकपा म्याग्दीले भने प्रहरीको यो कार्यलाई प्रहरीको ज्यादतीको संज्ञा दिदै आफ्ना नेता,कार्यकर्ता र तिनका परिवारहरुलाई कुनै पनि बहनामा दुख दिने कार्य सह्य नहुने बताएको छ जिल्ला ईन्चार्ज दिपाले मयुरपाटी संग कुरा गर्दै प्रहरीको ज्यादती बड्दै गए प्रतिकार गर्ने चेतावनी दिईन।

    दशैको दिन गाॅउ नै आतंकित गर्ने पार्नै गरी अप्रेसन गर्ने कामको नेतृत्व बाग्लुंग घर भई म्याग्दीलाई ससुराली बनाएका म्याग्दीका ज्वाई ईन्सपेक्टर धुर्ब शर्माले गरेका थिए।नब दुलाह ईन्सपेक्टर साब पहिलो दशैमा ससुराली जान नपाएको झोकमा गाॅउमा पुगेर दादागिरी देखाएको बजारमा चर्चा चल्ने गरेको छ।स्मरण रहोस शर्मा कै नेतृत्वमा यस अघिल पनि म्याग्दीमा थुप्रै नेकपाका नेता कार्यकर्ताको गिराफ्तारी गरिएको थियो।

  • सम्बन्धित विषय:

  • # बिप्लब
  • प्रकाश बिश्वकर्मा

    प्रकाश बिश्वकर्मा मयूरपाटी डिजिटल पत्रिकाकाे प्रधान सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology