Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज निलो चन्द्रमा उदाउँदै, ७६ बर्षपछिको दुर्लभ दृष्य

आज निलो चन्द्रमा उदाउँदै, ७६ बर्षपछिको दुर्लभ दृष्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७७ शनिवार • १०:३४:१९ बजे
  • 1.8K
    SHARES
  • आज निलो चन्द्रमा उदाउँदै, ७६ बर्षपछिको दुर्लभ दृष्य

    एजेन्सी । पश्चिमी मुलुकहरुमा हेलोवीन पर्वको विशेष महत्व छ । त्यहाँ यो पर्व धुमधामकासाथ मनाइन्छ ।अमेरिका र युरोपेली मुलुकहरुमा ३१ अक्टोबर अर्थात आजको रात हेलोवीन भन्ने चाड मनाइन्छ । हेलोवीनको रातमा चन्द्रमालाई नयाँ स्वरुपमा देख्न पाइन्छ ।

    images

    खासगरी आज अर्थात हेलोवीनको रातमा ७६ बर्षपछि निलो रंगको चन्द्रमा अर्थात ब्लू मून देख्न पाइनेछ ।विश्वभरका खगोलशास्त्रीहरु पनि यो आकाशीय घटनालाई लिएर निकै उत्साहित देखिएका छन । रातको समयमा मानिसहरु भुतघरमा भुतको पोशाकमा सजिएर घर बाहिर आगो बालेर हेलोवीन पर्व मनाउँछन ।

    यही समयलाई ब्लू मूनले थप रौनकता थप्नेछ । नासाका अनुसार अधिकांश ब्लू मूनहरु रातो र सेतो रंगका देखिन्छन । तर आज रातीको चन्द्रमा फरक स्वरुपमा देखिनेछ ।

    आज रातीको चन्द्रमा पूर्ण आकारको निलो रंगमा देखिनेछ । टेलिस्कोपको सहायताबाट हेर्दा स्पष्ट देख्न सकिने खगोलविद्हरुले बताएका छन । ब्लू मून हरेक ३ बर्षमा एक पटक देखिन्छ ।

    ब्लू मून देखिने समयलाई असमान्य घटना मानिन्छ । तर यस बर्ष देखिने निलो चन्द्रमा पुनः देख्नका लागि सन २०३९ सम्म प्रतिक्षा गर्नुपर्छ । त्यसैले ब्लू मून अर्थात निलो चन्द्रमा देखिने आज रातीको क्षणलाई विशेष महत्व दिइएको हो । चन्द्रमासको अवधि २९.५३१ दिन अर्थात २९ दिन, १२ घण्टा ४४ मिनेट र ३८ सेकेण्ड हुन्छ ।

    यही कारण अक्टोबर महिनामा दुईवटा पूर्णिमा परेका छन । वैज्ञानिकहरुले आजको ब्लू मूनलाई विशेष खगोलीय घटना पनि भनिएको एनडिटिभीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # रोचक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology