Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हङकङका ३० लाख बासिन्दालाई बेलायत ल्याउन तयार छौं:बोरिस जोन्सन

हङकङका ३० लाख बासिन्दालाई बेलायत ल्याउन तयार छौं:बोरिस जोन्सन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७७ बिहिवार • १३:५५:२५ बजे
  • 1.8K
    SHARES
  • हङकङका ३० लाख बासिन्दालाई बेलायत ल्याउन तयार छौं:बोरिस जोन्सन

    हङकङमा मुख्यक्षेत्र चीनले बनाएको नयाँ सुरक्षा कानुन बुधबारदेखि लागू भएको छ।हङकङका नागरिकले विरोध गर्दागर्दै उक्त कानुन लागू भएको हो। यसबीचमा बेलायतले हङकङका ३० लाख बासिन्दालाई बेलायत ल्याउन तयार भएको बताएको छ।

    images

    बेलायती प्रधानमन्त्री बोरिस जोनसनले हङकङका तीस लाख बासिन्दालाई बेलायतमा बसोबास गर्न र अन्ततः नागरिकताको निम्ति आवदेनको अधिकार दिने बताएका हुन्।

    हङकङ पहिले बेलायती उपनिवेश थियो। बेलायतले हङकङ सन् १९९७ चीनलाई हस्तान्तर गर्दा ५० वर्ष स्वतन्त्रता प्रदान गर्न भनेको थियो।त्यसयता हङकङमा एक देश दुई प्रणाली लागू भएको छ। नयाँ सुरक्षा कानुन ल्याएर चीनले २३ वर्षमै हङकङको स्वतन्त्रता खोसेको बेलायती आरोप छ।

    यसबीचमा बेलायतले आफ्नो पुरानो उपनिवेशका बासिन्दालाई बेलायती नागरिक बनाउने प्रस्ताव गर्न लागेको हो।

    प्रधानमन्त्री जोनसनले नयाँ सुरक्षा कानुनले हङ्कङको स्वतन्त्रा उल्लङ्घन गरेको बताउँदै त्यसबाट प्रभावित हुने बासिन्दालाई त्यहाँबाट निस्किने बाटो खुला गरिदिने बताएका छन्।

    जोनसनका अनुसार करिब तीन लाख ५० हजार ब्रिटिश राहदानी भएका र अन्य २६ लाख मानिस पाँच वर्षको निम्ति ब्रिटेन जान पाउने छन्।त्यसको एक वर्षपश्चात् नागरिकताका लागि उनीहरूले आवेदन दिन पाउने छन्।हङ्कङका ब्रिटिश राहदानी भएकाहरूलाई सन् १९८० को दशकमा विशेष हैसियत प्रदान गरिएको थियो। बीबीसी

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology