Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

नक्कली कामरेड

नक्कली कामरेड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७७ शनिवार • १८:०९:३२ बजे
  • 3.5K
    SHARES
  • नक्कली कामरेड
    राम चन्द्र तिम्सिना 
      (आवाज)
    अभिवादनमा कति शिस्टता थियो हिजो,
    साना-ठुला सबै कामरेड हुन्थे,
    गल्ती कमिकमजोरी आत्मसमिक्षा गरेर टुङ्गिन्थे,
    देख्दैछु आजभोलि कम्रेडको पनि वर्ग निर्धारण भएछ,
    औकात हेरेर व्यबहार फेर्ने चलन आएछ,
    सोच्दैछु अहिले त कामरेड पनि नक्कली आएछ !!

    हिजोको मण्डले पनि कामरेड भएछ,
    हिजोको १७ साले पनि कामरेड भएछ!
    हिजोको सामन्ती, शोषक ,जालिफटाहा, सुदखोर पनि कम्रेड भएछ !!
    सोच्दैछु अहिले त कामरेड पनि नक्कली आएछ !!

    कामरेड, कामरेड, कामरेड

    मार्क्सवाद बोक्ने पनि कामरेड
    मार्सिभात बोक्ने पनि कामरेड
    गरिबमारा पनि कामरेड
    हुतिहारा पनि कामरेड,
    अवैध क्रसरको संरक्षक पनि कामरेड
    गुण्डा नाईके पनि कामरेड !!

    हिजो चप्पल पड्काउने कामरेड
    कता गएछन ?
    झोला भिरेर घण्टौ माओवाद पढाउने कामरेड,
    कहाँ पुगेछन ?
    हिजो झुपडीमा संसार देख्ने सर्वहारा कामरेड,
    कहाँ पुगेछन ?
    झण्डा बोकेर नाम दिदैमा
    कम्रेड बन्ने चलन पो आएछ कि त ?
    गांठ भए पार्टी फेर्दै कामरेड बन्ने चलन पो चलेछ कि त ?

    कामरेड, कामरेड, कामरेड,

    चारतारे सिरानिमा राखेर,
    मार्क्सवाद घोक्ने पनि कामरेड भएछ !!
    MBC धाएर स्वाभिमान बेच्ने पनि कामरेड बनेछ,
    छिर्के हानेर पार्टी मास्ने पनि 
    कम्रेड बनेछ !!

    दर्शन ,सिद्धान्त ,निष्ठा र त्याग कता हराएछ ?
    सोच्दैछु आजभोली त कामरेड पनि नक्कली आएछ ....

  • सम्बन्धित विषय:

  • # साहित्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology