म्याग्दी , नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यक्रम अनुसार जिल्ला कमिटी म्याग्दीले सनिवार बेनपा ४ सिङगामा कोण सभा सम्पन्न गरेको छ ।
कोरोना कहरका कारण नेपाली जनताको दैनिकी चौपट बनेको बेला सरकार जनताको उपचार गर्न नसक्ने भन्दै जिम्मेवारीबाट पन्छिएकोभ्रष्टाचार , कमिसनखोर र कालोबजारीयाको मतियार बनेको साथै महामारी रोकथाममा लाग्नु पर्ने बेला भारतिय गुप्तचर संस्थाकाप्रमुखलाई बालुवाटार बोलाएर देश र जनताको बिरुद्द गम्भिर षड्यन्त्र गरेको भन्दै नेकपा म्याग्दीले प्रहरीको नाकै मुनि बेनी बजारकोनजिकै सिंगा बजारमा कोण सभा गरी सरकारको भण्डाफोर गरेको हो ।
कोण सभालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी रामराज ले कोरोना कहरको बाहनामा कमिशनको खेलमा लिप्त जन प्रतिनिधीहरुलाईबेलैमा सच्चिन अनुरोध गर्दै अन्यथा यही रबैया रहिरह्यो भने पार्टीले त्यसको बिरुद्द संघर्ष गर्ने चेतावनी दिदै
कोण सभा सफल पार्नको लागी सहयोग गर्ने सम्पुर्ण जनताहरुलाई जिल्ला सेक्रेटरीले विशेष धन्यवाद व्यक्त गर्नु
भएको थियोे ।