Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारमा ध्यान दिन कांग्रेसले सरकारलाई आग्रह

केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारमा ध्यान दिन कांग्रेसले सरकारलाई आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७७ आइतवार • १०:०७:१८ बजे
  • 1.5K
    SHARES
  • केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारमा ध्यान दिन  कांग्रेसले सरकारलाई आग्रह

    नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ। कोरोना भाइरस संक्रमित विश्वकर्मा हाल ग्राण्डी अस्पतालमा उपचाररत छन्।
    प्रतिनिधि सभा सदस्यसमेत रहेका विश्वकर्माको उपचारमा सरकारले विशेष ध्यान दिन कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरी आग्रह गरेका हुन्।

    images

    ‘प्रधानमन्त्री र  स्वास्थ्यमन्त्रीलाई टेलिफोन गरेर मैले माननीय मीन विश्वकर्माको उपचारमा ध्यान दिन आग्रह गरें,’ खाँणले भने, ‘उहाँहरूले सकरात्मक जवाफ दिनु भएको छ।’

    कोरोना भाइरसको संक्रमणसँगै फोक्सोको निमोनिया र श्वासप्रश्वासको समस्याले ग्रस्त विश्वकर्मालाई ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइएको खाँणले जानकारी दिएका छन्‌।  

    कांग्रेस नेता विश्वकर्मालाई गत कात्तिक १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।  होम आइसोलेसनमा बसेका विश्वकर्माको स्वास्थ्यमा समस्या देखिएपछि पाँच दिनयता अस्पतालमै राखेर उपचार भइरहेको छ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology