Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सत्तारुढ दलको विवादका कारण संसदको वर्षे अधिवेशन अन्त्य

सत्तारुढ दलको विवादका कारण संसदको वर्षे अधिवेशन अन्त्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७७ बिहिवार • १४:५२:२१ बजे
  • 1.6K
    SHARES
  • सत्तारुढ दलको विवादका कारण संसदको वर्षे अधिवेशन अन्त्य

    काठमाडौं १८ असार । अचानक प्रधानमन्त्री केपी शर्मा ओलीले दिउंसो साढे १२ बजे मन्त्रिपरिषदको बैठकबाट संसदको चालु अधिवेशनअन्त्य गर्ने सिफारिश गरे लगत्तै राष्ट्रपतिबाट अधिवेशनको अन्त्य गरिएको छ । राष्ट्रपनि कार्यालयको प्रेस वक्तव्य अनसार आजै बेलुकी५ बजेदेखि संसदको दुवै सदनको अन्त्य गरिएको जनाइएको छ । ।

    images

    यसभन्दा पहिले संसदको अन्त्य गर्दाको दिनको राती १२ बजेबाट अन्त्य भएको घोषण गर्ने गरिन्थ्यो ।

    सत्तारुढ दलको स्थायी समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा पर्ने र प्रधानमन्त्रीको राजीनामा गर्ने आंकलनकासाथ प्रधानमन्त्रीले संसद बैठक अन्त्य गर्ने सिफारिश गरेको हुन सक्ने स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गोकर्ण विष्टले

    प्रधानमन्त्रीले संसदको अन्त्य गर्नु अघि विहान संसदीय दलका उपनेता सुवास नेम्वांग तथा उपप्रधानमन्त्री इश्वर पोखरेल सहितका ओलीनिकट मानिने नेताहरुले अध्यक्ष प्रचण्डसंग उनको निवासमै पुगेर लामो छलफल गरेका थिए ।

    ११ बजे स्थायी समितिको बैठक बस्ने तय भएकोमा सोही समयमा प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए।त्यसको केही बेरमा प्रम ओलीले संसद अन्त्य गर्ने सिफारिश राष्ट्रपनि कार्यालय पठाएका थिए ।पत्रकार अमित ढकालले संसद अन्त्य भएको राष्ट्रपति कार्यालयको ट्विट गर्दै दु्रत डांक सेवा भन्दै व्यंग्य गरेका छन् ।

    चालु संसदको बर्षे अधिवेशन सत्तारुढ दलभित्रको विवादको शिकार बन्न पुगेको छ । यो अधिवेशनबाट १दर्जन बढी विधेयक पारित गर्नेचरणमा पुगेका थिए ।

    निकै विवादित बनेको नागरिकता सम्वन्धी विधेयक समेत नेकपाको केही हप्ता अघिको सचिवालय बैठकले पारित गर्ने निर्णय गरेकाकारण संसदमा टेबुल भइसकेको थियो ।

    साभार ABC टेलिभिजन नेपाल

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology