Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रतिबन्धित नेकपा ललितपुर सेक्रेटरी पक्राउ

प्रतिबन्धित नेकपा ललितपुर सेक्रेटरी पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १६, २०७७ आइतवार • १०:१७:४६ बजे
  • 1.7K
    SHARES
  • प्रतिबन्धित नेकपा ललितपुर सेक्रेटरी पक्राउ
    काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारद्वारा प्रतिबन्धित छ। प्रतिबन्धित रहेकै अवस्थामा विप्लवका नेता तथा कार्यकर्ताले सरकार विराेधि गतिविधि पनि निरन्तर गरिरहेका छन्। आइतबार ललितपुरमा प्रहरीले सरकारद्वार प्रतिबन्धित नेकपा ललितपुर सेक्रेटरीलाई पक्राउ गरेकाे छ। ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की दिएको आरोपमा नेकपा ललितपुर सेक्रेटरी सावित्रा अधिकारी (विदूषी)लाई महानगरीय प्रहरी ललितपुरले पक्राउ गरेको हो। सरकारका विरूद्ध काेण सभा गर्न तयारी गरिरहेका बेला झण्डा र ब्यानरसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गत जेठ महिनामा ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईलाई धरपकड गर्ने चेतावनी दिएपछि प्रहरीले अधिकारीको खोजी गरिरहेको जनाएकाे छ। गत जेठमा प्रहरीले जिल्ला सदस्य सानुराज बज्राचार्यलाई पक्राउ गरेपछि अधिकारीले एसएसपीलाई धम्की दिएको प्रहरीले जनाएकाे छ। विप्लव समूहकाे ललितपुर सेक्रेटरी पक्राउ गर्नु प्रहरीले उपलब्धी ठानेकाे छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology