Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ

पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १६, २०७७ आइतवार • १०:३१:५१ बजे
  • 991
    SHARES
  • पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ
    पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ । खोभारी राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री भएका थिए । २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका उनी २०६८ सालमा डा। बाबुराम भट्टराईको पालामा पनि राज्यमन्त्री बनेका थिए । विवादित छविका खोभारी राय २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यसयता उनी राजनीतिमा निष्कृय छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology