Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वैवाहिक जीवनमा बाँधिइन् काजल अग्रवाल

वैवाहिक जीवनमा बाँधिइन् काजल अग्रवाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७७ आइतवार • १४:२६:४६ बजे
  • 2.5K
    SHARES
  • वैवाहिक जीवनमा बाँधिइन् काजल अग्रवाल

    बलिउड तथा साउथ फिल्म इन्डस्ट्रीकी चर्चित अभिनेत्री काजल अग्रवाल वैवाहिक जीवनमा बाँधिएकी छिन् ।

    images

    उनले ३० अक्टोबर शनिबारका दिन आफ्ना प्रेमी गौतम किचलुसँग विवाह गरेकी हुन् । विहेपछि काजल आफैंले सामाजिक सञ्जालमा केही तस्बिर शेयर गरेकी छिन् । कोभिडको संक्रमणको कारण वैवाहिक समारोहमा केवल परिवारका सदस्य र नजिकका साथीहरूको मात्र उपस्थिति रहेको थियो । यी दुईको विवाह पञ्जाबी र कश्मिरी दुवै तरिकाले भएको थियो ।

    विहेपछि गौतम र काजल मुम्बईमा रहेको नयाँ घरमा सिफ्ट हुने तयारीमा छन् । काजल आफ्नो जीवनलाई नयाँ तरिकाले सुरु गर्न उत्साहित छिन् । केही समय अघिमात्र काजलले विवाहपछि पनि अभिनय गरिरहने र दर्शकहरूलाई मनोरञ्जन गराइरहने घोषणा गरेकी थिइन् । काजल लकडाउनअगाडि शंकरले निर्देशन गर्ने ‘इन्डियन’ को छायांकनमा व्यस्त थिइन् ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology