Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजनीति

नेकपा कर्णाली विवाद उत्कर्षमा

नेकपा कर्णाली विवाद उत्कर्षमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७७ आइतवार • १८:१९:१८ बजे
  • 1.7K
    SHARES
  • नेकपा कर्णाली विवाद  उत्कर्षमा

     नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद कर्णाली प्रदेशका कारण उत्कर्षमा पुगेको छ ।

    images

    ४० सदस्यीय प्रदेश सभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका ६ जना र राप्रपाका १ जना प्रदेश सभा सदस्य छन् । बाँकी सबैजना सत्तारुढ नेकपाका रहेका छन् ।

    नेकपाका ३३ जनामध्ये पूर्वमाओवादी समूहका १३, पूर्वएमालेमध्ये १२ जना अध्यक्ष केपी शर्मा ओली र ८ जना वरिष्ठ नेता माधव कुमार नेपाल निकट छन् । तर, समीकरण फेरबदल हुने सम्भावना बढेको छ ।

    पूर्वमाओवादी समुह

    महेन्द्रबहादुर शाही, नरेश भण्डारी, गोपाल शर्मा, रातो कामी, विमला केसी, गणेशप्रसाद सिंह, कृष्ण शाह आचार्य, विन्दमान विष्ट, थम्बरबहादुर विष्ट, विरहादुर शाही, सिताकुमारी नेपाली, पुष्पा घर्ती र धर्मराज रेग्मी छन् ।

    त्यसमध्ये धर्मराज रेग्मी ओली निकट यमलाल कंडेल निकट छन् । थम्मरबहादुर विष्ट र पुष्पा घर्ती अविश्वासको प्रस्तावबाट पछि हट्दै शाहीकै पक्षमा पुगेका छन् ।

    ओली समुह

    यमलाल कँडेल, गुलावजंग शाह,दल रावल, पर्यटन नन्दबहादुर बुढा, राजु नेपाली, मिना रखाल, कौसी लावती खत्री, खड्गबहादुर खत्री,दानसिंह परियार र बद्नीकुमारी बोहोरा छन् ।

    त्यसमध्ये राजबहादुर शाही सभामुख छन् भने पदम बहादुर रोकाय खुलिसकेका छैनन् । रोकाय जुम्ला जिल्लाको राजनीतिमा माधव नेपाल समुहका भनेर चिनिन्छन् ।

    यो समूहबाट ७ जनाले कंडेलको साथ छाडेका छन् । उनीहरुले ओलीको साथ भने नछाडेको बताएका छन् । त्यसमध्येका एक नेताले कंडेलकै कारण नेकपाभित्रको विवाद उत्कर्षमा पुगेकाले उनको साथ छाडिएको बताएका छन् ।

    नेपाल समुह

    प्रकाश ज्वाला, चन्द्रबहादुर शाही, अम्बरबहादुर थापा,करवीर शाही, कुर्मराज शाही, देवी ओली, पद्मा खड्का र सुशील थापा छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology