Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

घुस आरोपमा तीन प्रहरीसहित चार जना अख्तियारकाे नियन्त्रणमा

घुस आरोपमा तीन प्रहरीसहित चार जना अख्तियारकाे नियन्त्रणमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १७, २०७७ सोमवार • ०९:०३:०५ बजे
  • 955
    SHARES
  • घुस आरोपमा तीन प्रहरीसहित चार जना अख्तियारकाे नियन्त्रणमा
    सप्तरी र महोत्तरीबाट तीन प्रहरीसहित चार जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। 


    नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक, प्रहरी जवान, सशस्त्र प्रहरीका जवान र एक व्यापारीलाई अख्तियारले घुस आरोपमा नियन्त्रणमा लिएको हो। 
     
    आयोगको कार्यालय इटहरीबाट खटेको टोलीले नेपाल प्रहरीका प्रहरी नायव निरीक्षकलाई सप्तरीबाट ५० हजार घुससहित नियन्त्रणमा लिएको हो भने अख्तियारको बर्दिबासबाट खटेको टोलीले महोत्तरीबाट सशस्त्र प्रहरी जवानलाई करिब १८ हजार घुससहित पक्राउ गरेको हो।

    आयोगका अनुसार सप्तरीको इलाका प्रहरी कार्यालय तिलाठीमा कार्यरत सिकन्दर प्रसाद कानुले नियन्त्रणमा लिइएको मोटरसाइकल फिर्ता गर्न घुस मागेका थिए।


    उनले सेवाग्राहीसँग घुस लिई सोही कार्यालयमा कार्यरत जवान रामइश्वर मण्डललाई रकम दिएको र मण्डलले स्थानीय व्यापारी जय नारायण यादवलाई राख्न दिएकोमा तीनै जनालाई सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं। १ बेलहीबाट नियन्त्रणमा लिइएको अख्तियारको कार्यालयले जनाएको छ।
     
    उता महोत्तरीको गौशाला नगरपालिकाको रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहानले घरायसी प्रयोगको लागि काठ दाउरा लैजान सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १७ हजार ६ सय रुपैया घुस मागेकोमा गौशाला नगरपालिका वडा नं। २ निगौल चोकबाट रकमसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology