Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डाद्वारा मन्त्रिपरिषद् विस्तार

न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डाद्वारा मन्त्रिपरिषद् विस्तार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १७, २०७७ सोमवार • १६:१४:५५ बजे
  • 1.7K
    SHARES
  • न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डाद्वारा मन्त्रिपरिषद् विस्तार

    वेलिङटन, एएनआई । न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले सोमबार नयाँ मन्त्रिपरिषदको घोषणा गरेकी छन् । निकै विविधतापूर्ण मानिएको यस मन्त्रिपरिषदमा पूर्व अर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई उपप्रधानमन्त्री बनाइएको छ ।

    images

    रोबर्टसनले आफूलाई समलिङ्गी भएको भन्दै खुला रुपमा बताउने गरेका छन् । उनलाई अर्थ मन्त्रालयको कार्यभारसमेत दिइएको छ ।

    बीस सदस्यीय मन्त्रिपरिषदमा महिला र माओरी समुदायका व्यक्तिलाई पनि राम्रो स्थान थिइएको छ । माओरी समुदायमा प्रचलित परम्परागत टाटु चिउँडोमा खोपेकी ननैया महुतालाई विदेशमन्त्रीको जिम्मेवारी दिइएको छ ।

    गत अक्टोबरमा सम्पन्न आमचुनावमा ठूलो जनमतसहित विजयी भएकी आर्डेनले मन्त्रिपरिषदलाई बढीभन्दा बढी समावेशी बनाउने प्रयत्न गरेकी छन् ।

    मन्त्रिपरिषद गठनका बारेमा राजधानी वेलिङटनमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री आर्डेनले न्युजिल्यान्डका लागि आगामी तीन वर्ष निकै चुनौतीपूर्ण रहेको बताइन् । उनले विश्वका धेरै देशलाई समस्यामा पारेको कोभिड–१९ ले न्युजिन्यान्डलाई पनि असर पार्ने भन्दै चिन्ता व्यक्त गरिन् ।

    नयाँ मन्त्रिपरिषदलाई जतिसक्दो समावेशी बनाउने क्रममा आफूले योग्यतालाई पनि विशेष रुपमा ध्यान दिएको उनले स्पष्ट गरिन् ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology