Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि बाग्लुङ बजार क्षेत्र एक हप्ताका लागि बन्द

समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि बाग्लुङ बजार क्षेत्र एक हप्ताका लागि बन्द

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १७, २०७७ सोमवार • २२:१०:५९ बजे
  • 2.2K
    SHARES
  • समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि बाग्लुङ बजार क्षेत्र एक हप्ताका लागि बन्द
    समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि बाग्लुङ बजार क्षेत्र एक हप्ताका लागि बन्द हुने भएकाे छ ।

    जिल्ला प्रशासन कार्यालय बाग्लुङमा सोमबार सम्पन्न सर्वपक्षीय बैठकले सोमबार राति १२ बजेदेखि कात्तिक २४ को राति १२ बजेसम्म लागू हुने गरी बजार क्षेत्रमा रहेका बाग्लुङ नगरपालिकाका चारवटा वडामा बन्द गर्ने निर्णण गरेको हो।  

    नगरपालिकाको वडा नं. १, २, ३ र ४ क्षेत्रमा समुदाय तहमा कोरोना सक्रमण पुष्टि भएपछि बन्द गर्न आइतबार बाग्लुङ नगरपालिकाले सिफारिस गरेको गरेको थियो । 

    सोहीअनुसार सर्वपक्षीय बैठकले एक हप्ताका लागि उक्त निर्णय गरेर जिल्ला सुरक्षा समितिलाई पठाएको छ । जिल्ला सुरक्षा समितिले सदर गरेपछि कार्यान्वयनमा जाने बताइएको छ । 

    बैठकले अत्यावश्यकबाहेकका सार्वजनिक यातायात तथा बजार क्षेत्र पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बाग्लुङका प्रशासकीय अधिकृत धीरेन्द्रराज पन्तले जानकारी दिए। 

    पन्तका अनुसार खाद्यान्न, तरकारी, दूध, औषधि, दाना ढुवानी तथा एम्बुलेन्स सेवा, कृषि तथा पशु उत्पादन, मल, बिउ, स्वास्थ्य सेवा र विपत् व्यवस्थापन, सरकारी सवारीसाधन तथा पुष्पलाल मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरमा चल्ने यातायात सेवाबीचमा चढ्न र झर्न नपाउने गरी सञ्चालन हुनेछन् ।

    अत्यवाश्यकबाहेकका संघसंस्था तथा बैंक तथा वित्तीय संस्थाका सेवा र चारवटा वडाका कार्यालयहरूको सेवासमेत हाललाई स्थगित गर्ने र अनावश्यक आवतजावत रोक लगाउने निर्णय भएको छ ।

    दैनिक उपयोग्य सामग्री खरिदका लागि बिहान ७ देखि ९ बजेसम्म पसल सञ्चालन गर्न अनुमति प्रदान गर्ने निर्णय भएको छ । 

    अन्तरजिल्लामा अत्यावश्यक कार्यका लागि जानुपर्ने भएमा गन्तव्य स्थानीय तहको एवं जिल्लाको सहमति प्राप्त भएपछि यात्रा सहजीकरणको व्यवस्था मिलाइने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । 

    जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ६ सय ८१ पुगेको छ । पाँच सय चारजना निको भएर घर फर्किसकेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology